म्याग्दे गाउँपालिकाद्धारा अपाङ्गलाई सम्मान

म्याग्दे गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाइ सम्मान गरेको छ । गाउपालिकाको वडा नं २ का ५३ जना अपाङ्गलाई म्याग्दे गाउँपालिकाले सोमबार जामुनेमा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष मायादेबी रानाले अपाङ्गहरूलाई केही हौसला र प्रेरणा मिलोस भनेर म्याग्दे गाउँपालिकाको सहयोगमा वडा ले सम्मान गरेको बताइन् ।

अपाङ्गहरूको आबस्यकता, चाहना र इच्छाअनुसार गाउँपालिकाले सिपमुलक कार्यक्रम ल्याउने रानाको भनाइ थियो । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अपाङ्गहरूको हितमा म्याग्दे गाउँपालिका सधैं रहने बताए । अपाङ्ग किरण श्रेष्ठले सिपमुलक कार्यक्रम दिन गाउँपालिका लाई आग्रह गरे । वडाका अध्यक्ष चन्द्रबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनकुमार श्रेष्ठ,तारा रानाभाट लगायतल बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button