तनहुँ समाज हङकङको उत्कृष्ट कार्य

धेरै नेपालीहरुको आयस्तर कमजोर हुँदा विरामी भएको बेला उपचार गर्न कठिनाई हुने गर्दछ । कतिपय विपन्न नागरिक रकम नहुँदा उपचार नै गर्न नसकि मृत्यु वरण गर्नु पर्ने अवस्थामा छन् । केही समाजिक संघ सस्थाहरुले विरामी उपचारको लागि मद्धत पु¥याउँदै आएका छन् । विशेष गरी विदेशमा रहेका विभिन्न संघ सस्थाहरुले सहयोग गर्दै आएका छन् । विदेशमा रहेका संघसस्था मध्ये तनहुँ समाज हङकङ आर्थिक कठिनाईले उपचार गर्न कठिन भएका व्यक्तिहरुलाई मद्धत गर्दै आएको छ । यस क्रममा समाजले सोमबार तनहुँकी एक मृगौली खराब हुनु भएकी एक महिलाको उपचारको लागि सहयोग गरी विरामीको घाउमा मलम लगाएको छ । यसको जति प्रशंशा गरेपनि कमि हुन्छ ।

समाजले सोमबार दमौलीमा एक कार्यक्रमका बीच दुई लाख ४६ हजार ६ सय ५० आर्थिक सहयोग गरेको छ । तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंग बहादुर थापा, पूर्व अध्यक्ष भीमराज गुरुङ र सचिव सुवित गुरुङले बिरामी प्रीतिलाई सहयोग हस्तान्तरण गरेको राम्रो सन्देश प्रदान गर्नु भएको छ । सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएकोमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा मद्धत गरेको पाइन्छ । रकम समाजका सचिव सुवित गुरुङको संयोजकत्वमा संकलन गरिएको थियो । हङकङमा रहेका तनहुँ जन्मिएकाहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले पीडितहरुलाई सहयोग गर्न सकिएको उहाँले बताउनुभयो । समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोप जस्ता विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको छ ।

समाजले गत भदौमा ऋषिङ गाउँपालिका –७ निवासी ४३ वर्षीया मुटुरोगी चन्द्रमाया नेपालीलाई १ लाख ७९ हजार ४ सय ६० रुपियाँ आर्थिक सहयोग गरेको थियो । मुटुमा प्वाल परेर १४ वर्षदेखि निरन्तर औषधि सेवन गर्दै आउनुभएकी उहाँको केही समय अघि शल्यक्रिया गरिएको थियो । समाजले भविश्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button