लकडाउन उल्लंघन गर्नेबाट बन्दीपुर गाँउपालिकाले लिन थाल्यो जरिवाना,

लकडाउन उल्लंघन गर्नेहरुका लागि जरिवाना सुची नै तयार,
दमौली खबर संवाददाता
चैत २८ दमौली
कोभिड– १९ का संक्रमित भेटिएसँगै देश अहिले लकडाउनमा छ । लकडाउन प्रभावकारी बनाउन तनहुँको बन्दीपुर गाउँपालिकाले लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्न सुरु गरेको छ ।
गाँउपालिका लकडाउन उल्लंघन गर्नेहरुका लागि जरिवाना सुची नै बनाएको छ । गाउँपालिकाले लकडाउन उल्लंघन गर्नेलाई एक हजार जरिवाना गर्ने भएको छ । यसैगरी चौतारी, चोक र सार्वजनिक स्थलमा अनावश्यक भेला गर्नेलाई पनि एक हजार, जुवा तास खेल्नेरखेलाउने र हेर्नेलाई १० हजार जरिवाना तोकेको छ । त्यस्तै कालोबजारी गर्नेलाई दश हजार, तोकिएको समयमा अत्याआवश्यक सामानको पसल नखोल्नेलाई पाँच हजार, क्यारिमबोर्ड, र्पोट खेल्ने वा खेलाउनेलाई तीन हजार, मदिरा पसल खोल्नेलाई दुई हजार, समूह मिली खेलिने विभिन्न खेल खेल्ने र खेलाउनेलाई पाँच हजार र औषधी पसल नखोल्नेलाई १५ हजार जरिवाना तोकिएको गाँउपालिका अध्यक्ष पूर्ण्सिंह थापाले जानकारी दिए ।
अध्यक्ष थापाले लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गराउने उद्देश्यले जरिवाना काट्ने गरेको बताए । उनले भने, ‘देश नै लकडाउनमा छ, देश अहिले कोरोना भाइरसको त्रासमा रहेको छ । लकडाउनको प्रवाह नगरी सवारी चलाउने गरेका छन् । गाउँपालिकाले प्रावधान निर्धारण गरेर नै त्यस्ता अटेरी गर्नेलाई जरिवाना तिर्न लगाइएको छ ।’ यता, केही स्थानीयले भने लकडानउनको कार्यान्वयन गराउनका लागि जरिवाना तिर्न लगाउनु गलत रहेको बताएका छन् । बन्दीपुर १ का एक स्थानीयले भने, ‘लकडाउनमा उल्लंघन गर्नु त हुँदैन, तर उल्लंघन गर्यो भन्दैमा चर्काे जरिवाना तिर्न लगाउनु पनि गलत हो ।’ तर केही स्थानीयले भने यस्तो निर्णयलाई सकारात्मक हिसाबले लिएका छन् । बन्दिपुर( ३ की तुलमाया मगरले सरकारले यस्तो बेलामा लकडाउन गर्दा पनि पालना नगर्नेलाई जरिवाना तिराउन लगाउनु राम्रो रहेको बताइन् । एक जनामा महामारी फैलिएमा सबैको ज्यान जोखिममा रहने बन्दिपुर ४ की तुलमाया थापाले बताइन् । गाँउपालिकाले लकलाडन उल्लंघन गर्नेलाई जरिवाना तिर्न लगाएपछि अत्यावश्यक कामबाहेक अन्य कामका लागि स्थानीयहरु घरबाट कम निस्कन थालेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button