कोरोनाको कहर ःन पानी छ, न साबुन

कोरोना भाइरस संक्रमण त्रास बढ्दै जाँदा चैत पहिलो सातादेखि चोक–चोकमा पानीका ट्यांकी राखिए। साबुनपानीको व्यवस्था गरियो। त्यससँगै सूचना टाँसियो, ‘साबुनपानीले हात धोऔं, कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं।’ अहिले आएर हात धुन खोज्यो भने न साबुन हुन्छ न त पानी नै। सूचना मात्रै पढ्न पाइन्छ। जिल्लाको सदरमुकाम दमौलीको हरेक चोक र गल्लीमा विभिन्न संघ संस्थाले हात धुनलाई ड्रममा पानी र साथमा साबुनको व्यवस्था गरेका थिए। तर, ती भाँडा रित्ता भइसकेका छन्। चैतको पहिलो साता सफासडक टोल विकास संस्थाले आफनो टोलको विभिन्न स्थानमा पानीका ट्यांकी सहित साबुनपानी राखिएको थियो । तर अहिले राखिएको स्थानमा न त ट्याङकी छ नत साबुन पानी नै ।

साबुनपानीको दुरुपयोग भएकाले यो समस्या आएको टोलका अध्यक्ष कुमारमोहन श्रेष्ठको भनाइ छ। ‘सुरुमा सबैतिर साबुनपानीको व्यवस्था गरेका हौं’, उनले भने, ‘तर, त्यसको प्रयोगभन्दा दुरुपयोग बढी भयो। ट्याङकीमा पानी हाल्न स्थानियलाई भनेका थियौं । ’ उनले थपे, ‘अहिले अधिकांशले आफनो साथमा स्यानिटाईजर बोकेर हिड्नु हुन्छ, त्यही पनि अब हामी पुनः पानी भर छौं।’ त्यस्तै राष्ट्रिय युवा संघ तनहँुले पनि दमौलीको विभिन्न स्थानमा पानीसहितको ट्यांकी र साबुन राखेको थियो। तर अहिले उक्त ठाँउमा अहिले राखिएको स्थानमा न त ट्याङकी छ नत साबुन पानी नै । केही स्थानियले भने जिम्मेवारी वहन नगरेकाले यस्तो समस्या आएको बताएका छन् । संक्रमण फैलिन नदिनका लागि सुरुमा सबैले राखेको तर व्यवस्थापनमा कसैले ध्यान नदिएको स्थानियको भनाई छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button