नक्कली नोट प्रयोग गरी ठगी गर्ने दुई जना प्रहरी खोरमा

दमौली खबर संवाददाता

तनहुँ, असोज २५  गते

नक्कली नोटको प्रयोग गरी ठगी गर्ने दुई जना प्रहरी खोरमा परेका छन् । व्यास नगरपालिका–१ गल्वुवेशी र बन्दीपुर गाउँपालिका–१ डुम्रेबाट मङ्गलबार पक्राउ परी प्रहरी खोरमा परेका हुन् ।

प्रहरीले पक्राउ परेकालाई बुधबार सार्वजानिक गरेको छ । उनिहरुको साथबाट प्रहरीले १ सय ७६ वटा हजारको नक्कली नोट समेत बरामद गरेको छ । मङ्गलबार दिउसो १ बजे व्यास नगरपालिका– १ गल्वुबेसीमा एक जना व्यक्तीले नक्कली रुपियाँको कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँवाट खटिएको प्रहरीले सोधपुछ गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभयो । पक्राउ पर्नेमा नवलपरासी जिल्ला बर्दघाट सुस्तापूर्व को बुलिङ्टार गाउँपालिका–१ थामबेशी ठिमुरेटोल स्थायी घर भएका बर्ष २० को बिनोद रामदाम भनि चिनिने बिशाल बि.क.लाई नियन्त्रणमा लिई अनुसन्धान गरी अर्को व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो । बिकको निजको शरिर तलासी लिँदा एक हजारको जाली नोट फेला पारिएको उहाँले जानकारी दिनुभयो ।

उक्त रकम बरामद गरी प्रारम्भिक सोधपुछ गर्दा सोही ठाउँ बस्ने बर्ष ३० को गम बहादुर गरन्जा मगरको समेत सङ्लग्नता रहेको भन्ने खुलाएकोले खोजतलासको क्रममा मगरलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा विष्टले जानकारी दिनुभयो । मगरलाई जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका–१ डुम्रेबजार स्थितमा फेला पारी निजको साथबाट नक्कली हजारको नोट १७५ थान पक्राउ गरी जम्मा १७६ थान नोट फेला पारिएको उहाँले जानकारी दिनुभयो । अन्य चिजबस्तुहरु फेला परेको हुँदा बरामद गरी सङलग्न दुबै जनालाई बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा दिन पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको विष्टले बताउनुभयो ।

भारतमा काम गर्ने र स्वेदश फर्किएर नक्कली नोटबाट ठगी गर्ने योजानाका चार जना आएको ति मध्ये दुई जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकासँग सोधपुछ गरी थप दुईलाई बुधबार नवलपरासी प्रहरीले पक्राउ गरिसकेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो । जाली नोट बनाउन प्रयोग गर्ने अन्य विविध समान समेत बरामद गरिएको प्रहरीले जनाएको छ । जाली नोटमा अधिकांश एउटै नम्बर भएका छन् । छिट्टै धनी हुने लोभ ठगी धन्दा गर्ने योजना उनिहरुले बनाएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

 

Show More

Related Articles

Check Also
Close
  • All
    (गीत)
Back to top button