पृथ्वीराजमार्गको यात्रा सहज बनाउन जरुरी

दमौली खबर संवाददाता

पृथ्वीराजमार्गको काम कछुवा गतिमा हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन् । ट्राफिक जामको समस्या झेलिरहेका छन् भने धुलो गर्दा ग्राहक नआउँदा राजमार्गका व्यापारी पेशा नै छाड्न पर्ने अवस्था आएको छ । नेपालीहरुको ठुलो चाड दशैं र तिहार बेला यात्रु चाप धेरै हुन्छ तर यात्रा सहज बनाउन भने ध्यान पुगेको छैन । सीमित कामदारले सुस्तगतिमा काम गर्दा सडक विस्तारले गति लिन नसकेको देखिन्छ । काम सुस्त मात्रै हैन राजमार्गमा दर्जनौं स्थानमा खाल्टै खाल्टा हुँदा यात्रा गर्न त्यति सहज छैन । मोटर साईकल र स्कुटर चलाउनै मुस्किल हुने गर्दछ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । निर्माण कम्पनीले निर्धारित समय अनुसार काम नगरेपनि सम्बन्धित निकायले ध्यान पुग्न नसेको देखिएको छ । निर्धारित समय आधा पुरा भएकोले काम पनि आधा हुनु पर्ने काम भने एक चौथाई भएको छ । बर्खायाम सकिएकोले कामलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीले ध्यान दिनु आवश्यक छ भने अर्को तिर यात्रलाई सहज बनाउने, धुलो कम बनाउने उपाय गर्ने, ठुला ठुला खाल्टा पुर्न ध्यान दिनु पर्छ ।

 

 

Show More

Related Articles

Check Also
Close
Back to top button