दमौली अस्पतालमा सबै सेवा २४ सै घण्टा

दमौली खबर संवाददाता

दमौली । तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालले सबै प्रकारका सेवा २४ सै घण्टा सूचारु गरेको छ । माघ १ गतेबाट सेवा सुरु गरिएको हो ।

सेवाग्राहीलाई रातीको समयमा उपचार गर्न आउँदा महंगो शुल्क तिरेर अस्पताल बाहिरको निजी ल्याब जानु पर्ने बाध्यता अन्त्य गर्नको लागि सेवा सुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो । समितिले आवश्यक कर्मचारीको व्यवस्थापन गरी सबै सेवालाई २४ सै घण्टा बिस्तार गरेको उहाँले जानकारी दिनुभयो । यस अघि इमरजेन्सी २४ सै घण्टा चले पनि अन्य सेवाहरु विहान ७ बजे देखि साँभm ७ बजे सम्म मात्रै सञ्चालन गर्ने गरिएको छ । फार्मेसी इमेजन्सी बाहेक अन्य सेवा २४ सै घण्टा नहुँदा राती आउने विरामीले ल्याब र एक्सरे सेवा लिन बाहिर जानु पर्ने बाध्यता रहेको थियो । टिकट काउन्टर २४ सै घण्टा खुला राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । अस्पतालले हाल विशेषज्ञ सेवालाई विस्तार गरेको छ । हरेक दिन छालाको रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, जनरल फिजिसियन, मेडिकल अधिकृत, हाडजोर्नी विशेषज्ञबाट सेवा प्रदान हुँदै आएको समितिले जनाएको छ । १५ शैयाको क्षमताको अस्पताललाई हाल ५० शैया सञ्चालन गरिएको छ । अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुनसकेको छैन । १५ शैया क्षमताको अस्पताललाई जग्गा नै प्रमुख कारक रहँदै आएको छ । अस्ततालसँग जोडिएको अन्य दुई सरकारी कार्यालयको जमिन भोगचलनलाई दिएर परिवर्तन गरेर प्रदेश सरकारले स्तरउन्नती गर्ने कार्य अघि बढाएको छ ।

अस्पतालको स्तर उन्नतीको लागि दमौली अस्पतालको उत्तर तर्फ सिमाना जोडिएको कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको हालको जग्गा मध्ये २ रोपनी आना र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्वामित्वमा रहेको १.५ रोपनी गरी ३ रोपनी ८ आना जमिन भोगचलनको लागि प्राप्त भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button