तनहुँ जन्मिई हाल अमेरिकामा बस्ने लामिछानेको गोली हानी हत्या

दमौली खबर संवाददाता

दमौली, पुृस २४ । तनहुँ जन्मघर भई हाल अमेरिका बस्ने एक व्यक्तिको गोली हानी हत्या भएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या भएको हो ।

दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको थियो । उहाँको मृत्यु भएपछि उहाँका परिवार तथा आफन्तजन शोकमा डुबेका छन् ।

५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा निकै पर शुक्रवार अर्कै राज्यमा समाएको थियो । सन्दिग्ध अपराधीले पहिले उहाँमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उहाँको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ । सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी आउँदा लामिछानेको मृत्यु भइसकेको जनाइएको छ । चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । लुटेराले शुरुमा पसलभित्र पसेर चिसो पेय पदार्थ खरिद गरेको थियो।

सो पेय लिएर बाहिर निस्केको लुटेरा एकछिनपछि पुन फर्किएर अकस्मात् गोली प्रहार गरेको थियो । गोली प्रहारपछि बाहिर पार्किङमा राखेको लामिछानेको गाडी लिएर भागेको थिया े। लामिछानेको पसलमा कुनै चालचुल नभए पछि एकजना व्यक्तिले प्रहरीलाई खवर गरेका थिए । गाडी चोरेर भाग्ने क्रममा २०१५ मा बनेको निशान पाथ फाइण्डर गाडी दुर्घटनामा पर्दा इण्डियानामा शुक्रबार विहान साढे १० बजेतिर लुटेरा पक्राउ परेको बताइएको छ । सडकमा धेरै स्पीडमा गाडी चलाएपछि प्रहरीले सो गाडीको पिछा गरेको थियो । प्रहरीले पिछा गरेको थाहा पाएपछि झन् स्पीड बढाएको हत्यारा गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि पक्राउ परेको तनहुँ घर भई अमेरिकामा रहनु भएका पत्रकार कृष्णराज खनालले जानकारी दिनु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button