हे पुर्पुरोमा लेख्ने प्रभु ( गाईजात्रा बिशेष )

हे पुर्पुरोमा लेख्ने प्रभु ( गाईजात्रा बिशेष )
-प्रेम वली ढकलपुरे

खै मेरो जोखाना कस्तो रहेछ कस्तो !
बिहान भजन रसमा साझ सोमरसमा
डुब्ने बाजेले बनाएको जस्तो !!
कसैले हो र सात सात पटक प्रधानहे मन्त्री हुने पाउने
आफुलाई हो, एक पटक पनि मन्त्री हुने मौका नआउने
भन्न् त मलाई पनि मेरो ज्योतिषीले
प्रधान मन्त्री बन्न पाउछस त भनेकै हो
तर त्यस्तो मौका आउँदै आएन
यती धेरै मन्त्री छन केन्द्र देखी प्रदेशसम्म
खै आफुले त मन्त्री पनि पाउदै पाएन !
देउवा बाको ज्योतिशी त खतरै रहेछ गाँठे !
पार्टिले चुनाव हारे पनि सरकार बनाउन पायो
खाँदैन खाँदैन भन्दा भन्दै पनि , ढोकामै प्रधान मन्त्री पद आयो !
कसैले ओलीलाई दोष दिन्छन
कसैले माधव प्रचन्डलाई गाली गर्छन्
ती बिचराको के गल्ती ?
गल्ती त देउवा बाको पुर्पुरोको पो हो गल्ती
हुन त देउबा बाको पुर्पुरोको पनि के गल्ती ?
गल्ती त भावीको हो जसले पुर्पुरोमा लेखिदियो
उसले देउबा बाको पुर्पुरोमा न लेखेको भए
ज्योतिषीले पनि थाह पाउने थिएन
नेकपामा पनि यस्तो उथल्पुत्तल आउने थिएन
ओलीको घमन्ड पनि फर्सिको मुन्टा जस्तो बढ्ने थिएन
माधव प्रचन्डको इगो लौकाको मुन्टो जस्तो चढ्ने थिएन
दुई तिहाइ सरकार पनि ढल्ने थिएन
त्यत्रो ठुलो पार्टी चिरा चिरा पर्ने थिएन
एउटाको पुर्पुरोले गर्दा कतिको सपना तोहियो
प्वाल परेको परेछ क्यारे टपरी, नखादै चुहियो
अब त चुनाव नगरेर देउबा बालाई नै बाचुन्जेल प्रधान मन्त्री दिए हुन्छ
बेकारमा चुनावमा देशको त्यत्रो खर्च
जले बहुमत ल्याए पनि त्यो सरकार नि लड्छ ।
फेरी पुर्पुरोमा लेखे पछि
स्वयम लेख्नेले त मेट्न सक्दैन रे
अब अरुले रिस गरेर के लाग्छ ?
हेर्दै जाऔ, कसको पुर्पुरोमा कस्तो कस्तो भाग छ ।
यो पुर्पुरोमा लेख्ने बाजे कहाँ बस्छन होला ?
यसो गूगलबाट खोजी गर्न पाए
दुई चार वटा कुरा सोध्नु हुन्थ्यो
दुईचार वटा सल्लाह दिनु हुन्थ्यो
नेपालको सरकारी पद खानेको धेरै जसको पुर्पुरोमा किन
भ्रस्टाचर गर्ने, घुस खाने ,घोटला गर्ने लेखिदिने रहेछन ?
जसले गर्दा आजसम्म जो आए पनि भ्रस्टचारको भोगी हुँदा रहेछन ।
हे पुर्पुरोमा लेख्ने प्रभु
अब देखी नेपालीको पुर्पुरोबाट भ्रस्टाचार ,घोटला, घुस भन्ने शब्द नै हटाइ देऊ
जो आउछ यहाँ, सबको पुर्पुरोमा,देश र जनताको सेवा मात्र गर्ने लेखी पठाइ देऊ ।
प्रेम वली ढकलपुरे

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button