यो देश बनाऔं

यो देश बनाऔं
-बिष्णु भण्डारी

उठ न् युवा लिएर जोश,हौशला,जाँगर
युवाको शक्ति अनौठो हुन्छ,युवा हो सागर
बिकास हुन्छ देशमा हाम्रो, एक भै जुटेमा
लक्ष्य नि चुम्छ, प्रगति हुन्छ,पाखुरी उठेमा

पसिनातुल्य श्रमको मूल्य, जोखेर जोखिन्न
गरीब हामी मनको व्यथा,पोखेर पोखिन्न
सत्यको साथ बढेमा हामी शिखर चुमिन्छ
अठोट भए नहारी गए लक्ष्य त्यो चुमिन्छ

गरेमा काम हुँदैन सानो, कर्ममा लाग न
कर्मठ बने स्वर्ग नै बन्छ घर र आँगन
पूर्खाले सहे असंख्य दु:ख, हामी नि सहन्छौं
मनले भन्छ जिन्दगी बन्छ, खुशी नै

बुझेर बात, खैयाइ हात अगाडि बढौं न
वीरको गाथा पौरखी हात ईतिहास पढौं न
ईलम जाने जीवन भारी हुँदैन कहिल्यै
मिलाप भए यो हाम्रो मन रुदैन कहिल्यै

अध्याँरो लाग्दा प्रेमको साथ दियालो बालौं न
बाबा र आमा छोरा र छोरी सुखले पालौं न
सकेको काम नगरी हुन्न यो देश बनाउन
खुशी भै जाम्ला तीर्थ र वर्त बिदा त्यो मनाउन

दूधको भारा आमाको माया बिर्सनु हुँदैन
के सुख मिल्ला जसले यहाँ दु:ख त्यो छुदैन
धरती हाँस्छ सिर्जना झुले खेत र बारीमा
बिकास फुल्छ बाटो नि खुल्छ लेक र टारीमा

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button