आँबुखैरेनी गाँउपालिका अन्र्तगत क्वारेन्टाईनमा रहेका सबैको स्वाब परीक्षण नेगेटिभ

दमौली खबर संवाददाता
जेठ १६ दमौली

तनहुँको आँबुखैरेनी गाँउपालिका अन्र्तगत क्वारेन्टाईनमा रहेका तथा अग्र स्थानमा रही सेवा प्रदान गर्ने कर्मीहरुको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । जसअनर््गत परीक्षण गरिएको ५ जना पुरुष र ७ जना महिला गरि जम्मा १२ जनाको स्वाब नमुना संकल नेगेटिभ आएको छ । गाँउपालिका एक प्रेस विज्ञप्ती जारी गदै उक्त कुराको जानकारी दिएको हो । त्यस्तै भानु नगरपालिकाको वडा नं. २ स्थित तनहुँ शारदा कलेजमा राखिएका १२ जनाकोे कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । बन्दाबन्दी सुरु भएपछि भारतीय सिमामा आई बसेका तथा बाहिरी जिल्लाबाट आएकालाई उद्धार गरी ल्याईएका लाई स्थानिय तहले तयार गरिएको क्वारेन्टिनमा राखिएको छ । त्यस्तै, तनहुँमा भारतको सिमा क्षेत्र तथा बाहिर जिल्लाबाट उद्धार गरी ल्याएका ३१३ जनालाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । उनका अनुसार भानु नगरपालिकमा १९, व्यास नगरपालिकमा ५७, शुक्लागण्डकी नगरपालिकमा ३७, भिमाद नगरपालिकमा ५१ जना, आँवुखैरेनी गाउँपालिकामा २, देवघाट गाउँपालिकमा १६, घिरिङ गाउँपालिकमा २४, म्याग्दे गाउँपालिकमा २६, बन्दीपुर गाउँपालिकमा १० र रिसिङ गाउँपालिकमा ७१ जनालाई राखिएको छ । सिमाबाट उद्धार गर्न थालिए पछि अहिले जिल्लाका क्वारेन्टाईन भरिन थालेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button