महिलालाई स्वरोजगार बनाउन ध्यान दिऔं

लक्षित क्षेत्रको लागि वजेटको नै व्यवस्था भएपनि त्यसको सही सदुपयोग नहुँदा लक्षित समुदायले जति लाभ लिनु पर्ने त्यति पाएका छैनन् । बजेट रकमान्तर गर्ने, गलत व्याख्या गर्ने जस्ता कारणले महिला, दलित, सिमान्तकृतको लागि आएको बजेटको सही सदुपयोग हुन सकेको छैन । पुरुष प्रधान हाम्रो समाज भएकोले महिलालाई घरको चुलो र चौकोमा समिति हुनु परेको छ । यस क्रममा केही पालिकाले भने लक्षित वर्गलाई लाभ दिने कार्यक्रम ल्याउन थालेका छन् । यस क्रममा

सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका द्धारा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) व्यवहारिक सिकाई शुरु गरिसकेको छ । म्याग्दे गाँउपालिकाको वडा नं ७ को हर्कपुरमा सिप सिकेर आत्मनिर्भर वनाउन स्थानिय १६ जना महिलालाई तालिम दिईएको हो । तालिममा घरेलु तथा साना उद्योगलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने अभिमुखीकरण कार्यक्रम पछि व्यवहारिक सिप सिकाईएको बताईएको छ । ८ दिन सम्म व्यवहारिक सिप सिकाई कार्यक्रममा सहभागीहरुलाई वरमाला पोते वनाउने, क्रिस्टलको मोतीको चुरा वनाउने, फुलमाला को पोते वनाउने, क्रिस्टलको टप वनाउने, फाईवरको माला वनाउने, रानीहार, दुवोमाला वनाउने तालिम प्रदान भईरहेको छ । सीप जानेपछि महिलालाई पेशा सञ्चालन गर्ने आधार तयार हुन्छ । सिकेको सीपलाई व्यवहारमा उर्तान महिलाहरु लाग्नु पर्दछ । पालिकाले पनि सीप सिकेकाबाट उत्पादित सामग्रीको बजारको व्यवस्था गर्ने गर्नुपर्दछ । महिलालाई स्वरोजगार बनाउन सबै पालिकाले ध्यान दिनु पर्दछ । सहुलियत पूर्ण ऋणको व्यवस्था, बजारको प्रबन्ध, आवश्यक सीप प्रदान गर्ने गरिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button