सुरक्षा समितिको काम प्रशंसनीय

दमौली खबर संवाददाता

विभिन्न आशंकाका बाबुजुद वैशाख १० गते सम्पन्न मतदान शान्तिपूर्ण रह्यो । तनहुँ–१, बारा–२ र चितवन–२ सबै स्थानमा छिटफूट घटना बाहेक शान्तिपूर्ण वातावरणमा मतदान भएको छ । तनहुँमा झन् छिटफूट घटना पनि भएन । उपनिर्वाचनमा निर्वाध रुपमा मतदान गर्ने व्यवस्था मिलाइएकोले ढुक्क भएर मतदान गर्ने वातारण मिलाएकोमा निर्वाचन आयोग सफल भएको छ । निर्वाचन आयोगले दिएको जिम्मेवारी कुशतापूर्वक निर्वाह गरेर नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान सबै सुरक्षा निकायलाई धन्यवाद दिनु पर्दछ । उक्त क्षेत्रमा रहेका अति संवेदनशिल, संवेदनशिल, सामान्य मतदान केन्द्र कायम गरी सुरक्षाको व्यवस्था मिलाइएको थियो । ३ घेरामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मतदान स्थलहरुको सुरक्षा दिएको थियो । निर्वाचनलाई ध्यानमा राखी जिल्लाका नाकाहरुमा कडाइ गरिएको, चेकजाँचलाई तिब्र पारिएको, रात्री, दिवा गस्तीहरु बढाइएको, पृथ्वी राजमार्ग भएर अन्यत्र जिल्ला जाने यात्रुहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न लगाईएको थियो । मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हूलहुज्जत वा असमान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको थियो । सोही अनुसार तनहँमा सुरक्षा व्यवस्था मजबुत बनाईएको थियो । यस कार्यको लागि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायत सुरक्षा निकाय सबै धन्यवादका पात्र बनेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button