म्याग्देमा चौथो कृषि मेला प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने

दमौली खबर संवाददाता

म्याग्दे, फागुन ९

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु स्थित जनसेवा सहकारी संस्था लिमिटेड द्वारा म्याग्दे स्तरीय चौथो कृषि मेला प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । थर्पु बजारमा आगामी फाल्गुन १३ गते उक्तकृषि मेला तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आईतबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मुल समितिका संयोजक एवम् सहकारीका अध्यक्ष दुर्गाबहादुर अधिकारीले उक्त कुराको जानकारी दिनुभयो कार्यक्रममा म्याग्दे गाँउपालिकाका ७ वटै वडाका कृषकहरुले स्थानीय स्थरमा उत्पादित कृषि र कृषि जन्य बस्तुहरुको प्रदर्शनी गर्ने तथा पालिका स्थिरीय कौरा नृत्य ,भेषभुषा, कृषि उत्पादनको विक्री वितरण गरिने सहकारीका सचिव जितराज रानाले बताउनुभयो । कृषि प्रदशनीमा सहभागी हुने कृषकहरुलाई निशुल्क स्टल तथा सामान ढुवानीकालागि यातायातको समेत व्यवस्थापन गरिएको सहकारीका संस्थापक अध्यक्ष तिर्थनारायण मल्लले जानकारी दिनुभयो ।

कुल ६ सय २० जना सेयर सदस्य आबद्द रहेको उक्त सहकारीले चौथो पटक आयोजना गर्न लागेको कृषि प्रदर्शनी मेलामा १ सय ५० भन्दा बढी स्टल रहने र पुरस्कृत हुने कृषकहरुलाई कृषि औंजार प्रदान गरिने संस्थाका संस्थापक सदस्य निलबहादुर थापाले जानकारी दिनुभयो व्यवसायिक रुपमा कृषि तथा पशुपंक्षिपालक किसानलाई यश पेशा प्रति आकर्षित गराउने तथा हराउदै गएको हार्ट बजारको प्रबर्द्धन गराउने उदेश्यले उक्त प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button