डेंगुबाट बाचौं र बचाऔं
दमौली खबर संवाददाता
हाल देशका अधिकांश स्थानमा डेंगुका विरामीको संख्या बढीरहेको छन् । पहाडमा भन्दा तराई झन् बढी विरामी भएका छन् । वर्षेनि नेपालमा डेंगीको संक्रमणबाट यहि मौसमबाट विरामीको चाप बढ्ने गरेको छ । दशैं र तिहारको समय सम्मनै चाप हुने गरेको छ । विशेष गरेर हाल यसको संक्रमणको उच्च जोखिम भएकोले जोगिने उपायहरु अपनाउनु आवश्यक छ । तनहुँमा यो वर्ष यसको संक्रमणबाट व्यास नगरपालिकामा कार्यरत एक इन्जिनियरको समेत निधन भएको छ । बिहान, दिउँसो राती जुनसुकै बेला झुल टाँगेर सुत्ने, पुरा बाहुला भएका र पुरा शरिर ढाक्ने कपडा लगाउने, लामखुट्टेको बासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने, पानी जम्न सक्ने भाँडा जस्तै, गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनु हुँदैन । डेंगीको सङ्क्रमण दर उच्च देखिए संगै नेपाल सरकारले लामुखुट्टे ‘खोजौ र नष्ट गरौ’ अभियान सञ्चालन गरेको छ । त्यस अभियानलाई सबैले सफल पार्न पर्छ । यसो गर्न सकियो भने डेंगुबाट बच्न र बचाउन सकिन्छ । डेंगी रोगको रोकथाम, नियन्त्रण र न्यूनिकरण लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु ‘‘खोजौं र नष्ट गरौं’’ भन्ने राष्ट्रिय अभियान अन्तर्गत तनहुँमा पनि जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गरेको छ सबै सरकारी कार्यालय, स्थानीय तहका कार्यालय, सरकारी सस्थानहरु, गैर सरकारी सस्थाहरुलाई अभियान सञ्चालन गर्न पत्रचार गरिसकिएको छ यस अभियान सफल पार्नु सबैको दायित्व हो । प्रत्येक शुक्रबार विहान १० बजे १० मिनेट समय छुट्टाई यस अभियानमा कार्यान्वयनको लागि स्थानीय जनप्रतिनिधीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु महिला सामुदायिक स्वास्थ्य स्वएम्सेविकाहरु, शिक्षक, पत्रकार, सङ्घसस्थाहरु तथा सबै सरोकारवाला निकायलाई स्थानीय तह मार्फत परिचालन गरि आफ्नो आफ्नो वडाको हरेक घरधुरीमा अभियान सञ्चालन गर्न आग्रह गरिएको छ यसलाई व्यवहारमा उर्तान जरुरी छ ।