तनहुँ जलविद्युत आयोजनाको मूख्य सुरुङ खन्ने काम ५० प्रतिशत पुरा

दमौली खबर संवाददाता
तनहुँ, पुस ६गते । यहाँ निर्माणधिन तनहुँ जलविद्युत् आयोजनाको मूख्य सुरुङ (पानी ल्याउने) को ५० प्रतिशत पुरा भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमा आधा काम पुरा भएको तनहुँ जलविद्युत आयोजनाको वरिष्ठ सहायक उद्धव पौडेलले जानकारी दिनुभयो ।
 प्याकेज दुइ अन्तर्गत विद्युतगृह जाने टनेलको भने सबै काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । एक सय ९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ निर्माण कार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको छ  ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट यो  आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ । पानी निस्कने सुरुङको ढलान गर्ने काम भइरहेको आयोजनाका वरिष्ठ सहायक पौडेलले जानकारी दिनुभयो । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । आयोजनाको प्याकेज दुई अन्तर्गत सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृहको सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ । विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि प्रारम्भ भएको थियो ।
५० करोड ५० लाख अमेरिकी डलरको लागि एसियाली विकास बैंक( एडीबी) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणधिन यस जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ । आयोजनाबाट विद्युत उत्पादनको पहिलो १० वर्ष सम्म वार्षिक औषत विद्युत उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।
वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि १४० मेगावाट विद्युत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको क्षेत्रभित्र ऋषिङ गाउँपालिका १, ६ र ७ गरी तीन वटा वडा, म्याग्दे गाउँपालिकाको १,२,३,४, र ५ गरी पाँच वट वडा, व्यास नगरपालिकाको वडा नम्बर ५, भिमाद नगरपालिकाको ५ र ६ पर्दछ । आयोजनाको लम्बाई करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ बर्ग किलोमिटर रहेको छ । त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहने छ ।
आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रंक्रिट बाँध बनाईने छ । काँहुडाँडा भित्र ११ सय ६२ मिटर लामो सुरुङमार्ग बाट निर्माण गरि सेती नदीको पानीलाई भूमिगत विद्युत गृहमा पु¥याएर विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार ७०÷७० मेगावाटका दुईवटा फ्रान्सिस टर्वाइन रहनेछन् । तनहुँ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपूर स्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button