ऋषिङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोगी

दमौली खबर संवाददाता

साउन ७ दमौली

तनहुँको ऋषिङगाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग भएको छ । सहयोगी हातहरुको समूह (सहास) नेपालले गाउँपालिकालाई रु.७४ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

परियोजनाका अधिकृत गंगाराम मगरले गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण सहयोगी हातहरुको समूह (सहास) परियोजनाका अधिकृत गंगाराम मगरले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

पिपिई सेट चार,के एन ९५ मास्क एक सय ६०,सर्जिकल मास्क चार सय ५०,ग्लोबस सर्जिकल चार सय,डेटोल साबुन ८०,क्लोरिन पाउडर ३०,आधा लिटरका १७ बोतल र पाँच लिटरका एघार जार सेनिटाइजर सहयोग गरेको हो ।

विश्वभर फैलिएको कोरोनाका कारण गाउँपालिका समस्यामा परेको महसुस गरी यस कठिन अवस्थामा गाउँपालिकालाई सानो भएपनि सहयोग गरिएको उहाँले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button