म्याग्देमा निशुल्क आँखा शिविर हुँदै

दमौली खबर संवाददाता

म्याग्दे फागुन ९

म्याग्दे गाँउपालिकाले निशुल्क आँखा शिविर संचालन गर्ने भएको छ ।

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन हुने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

शिविरमा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिनेछ ।

आँखा शिविर यहि फागुण १४ गते वडा नं ६ को वडा कार्यलयमा १५ गते मीन मावि थर्पु र १६ गते जामुने स्वास्थ्य चौकी जामुनेमा हुनेछ । शिविर विहान १० वजे देखि ५ वजेसम्म हुने गाँउपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button