ट्रेड युनियनका सचिव सुवेदीलाई पितृशोक

दमौली खबर संवाददाता
दमौली, मंसिर २७ । नेपाल ट्रेड युनियन कांग्रेस  जिल्ला कार्यसमिति तनहुँका सचिव हरिभक्त पितृशोकमा पर्नु भएको छ । भिमाद नगरपालिका–६ निवासी सुवेदीको बुबाको ७३ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।
सुवेदीको निधन प्रति नेपाल ट्रेड युनियन कांग्रेस  तनहुँले दुःख व्यक्त गरेको छ । कार्यबाहक सभापति लोकराज सेढाईले शोक विज्ञप्ती मार्फत दुःख व्यक्त गर्नु भएको हो । बुबाको असामायिक निधन भएकोे खबरले अत्यन्त मर्माहत र दुःखीत भएको सेढाईले उल्लेख गर्नु भएको छ । साथै शोकाकुल सुवेदी परिवारमा  धैर्यधारणा गर्ने शक्ति मिलोस् भन्दै सेढाईले स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्नु भएको छ । सुवेदीको यही मंसिर २३ गते निधन भएको थियो । शोकाकुल परिवारजनलाई ट्रेड युनियन कांग्रेस तनहँुका कार्यवाहक सभापति सेढाई लगायतको टोलीले काठमाडौंमा पुगेर समवेदना व्यक्त गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button