तनहँुमा कोरोना संक्रमणबाट थप तीन जनाको निधन


कोरोना संक्रमणबाट तनहँुमा बुधबार तीन जनाको निधन भएको छ । व्यास नगरपालिकाका १ र शुक्लागण्डकी नगरपालिकाका दुई जना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमणबाट ज्यान जानेमा व्यास नगरपालिका वडा नं १ की ३५ वर्षीय महिला रहेकी छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको जनाईएको छ । उनमा २८ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै शुक्लागण्डकी नगरपालिका वडा नं ६ का ६२ वर्षीय र वडा नं ७ का ५५ वर्षीय पुरुषको संक्रमणबाट ज्यान गएको छ ।

उनिहरु दुबैको पोखरामा उपचारको क्रममा निधन भएको बताईएको छ । दुबैमा २८ गते संक्रमण पुष्टि भएको थियो । यो सँगै तनहँुमा संक्रमणबाट मुत्यु हुनेको संख्या ३२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार जिल्लाका ५ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै सक्रिय संत्रमितको संख्या तीन सय २५ पुगेको छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button