आत्महत्या होइन, मातेको अवस्थामा खस्दा भयो सुशान्त सिंहकी पूर्व म्यानेजरको मृत्यु

बलिउड सेलिब्रिटी म्यानेजर दिशा सलियनको निकै अग्लो भवनबाट खसेका कारण निधन भएको छ । सुरुमा यसलाई आत्महत्याको संज्ञा दिइएको थियो तर अब प्रहरीका अनुसार  उनी मातेको अवस्थामा दुर्घटनावश अग्लो भवनबाट खसेका कारण उनको मृत्यु भएको हो । घटना मंगलबार सबेरैको हो ।

प्रहरीका अनुसार दिशा सलियन आफ्ना आमा–बुवासँग दादरमा बिस्थन् । उनी सोमबार राती आफ्ना केही साथीसहित मलाड पुगेकी थिइन् । उनीहरु सबै १२ तल्लामा बस्ने नायक रोशन रोयको फ्ल्याटमा पुगे । यतिबेला जम्मा ६ व्यक्ति समावेश थिए र डिनर गरेपछि उनीहरु रक्सी पिइरहेका थिए । दिशा सलियन मातेको अवस्थामा थिइन् र उनी झ्यालतिर गइन् । नशामा रहेकी दिशा सबेरै १ बजे झ्यालबाट खसेका कारण उनको मृत्यु भयो ।

प्रहरीका अनुसार दिशाका साथीहरुले लगभग बिहान साढे दुई बजे प्रहरीलाई घटनाबारे जानकारी दिए । घटनास्थल पुग्दा दिशा रगतले लत्पत्तिएको प्रहरीले बताए । उनलाई नजिकैको अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो । पछि उनको शवलाई कांदिवलीको शताब्दि अस्पतालमा पोस्टमार्टमका लागि पठाइयो । दिशाको शवबाट लिइएको नमूना कोरोना भाइरस परीक्षणका लागि पनि पठाइयो ।

प्रहरीका अनुसार दिशाको परिवारलाई कुनै पनि षड्यन्त्र र हत्याको शंका छैन । यद्यपि, दिशा केहि समयदेखि आफ्नो कामको विषयमा चिन्तित हुने गरेको उनको परिवारले प्रहरीलाई जानकारी दिए । प्रहरीले दिशा नशामा भएका कारण यो आत्महत्या हो कि दुर्घटना भनेर यकिन गरेर भन्न नसकिने बताए ।

स्मरण रहोस्, दिशा बलिउडका थुप्रै म्यानेजमेन्ट र पब्लिक रिलेशन फर्ममा काम गरिसकेकी छिन् । उनी सुशान्त सिहं राजपूतबाहेक वरुण शर्मा र भारती सिंहकी पनि म्यानेजर थिइन् । वरुण शर्माले उनको अचानक भएको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

स्रोतः नवभारत टाइम्स

source : Rato pati

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button