पचास लाख लगानीमा ईन्टरलक ब्लक उद्योग

वि.वि श्रेष्ठ
व्यास–५, कण्टार तनहुँ
व्यास नगरपालिका वडा नं ५, को कण्टारमा ५० लाख लगानी गरेर ईन्टरलक व्लक उद्योग संचालनमा आएको छ । प्रविधिको उपयोग सँगै बलियो, किफायति र भरपर्दो निर्माण समाग्रीको आमजनताको माग बमोजिम लाखौ खर्चेर नयाँ प्रविधिको ईन्टरलक ब्लक लगायतको निर्माण सँग सम्ब्न्धित समाग्रीको उत्पादनमा लागेको टि.डि. प्रिकाष्ट कंकिट उद्योगका संचालक मोहन कुमार श्रष्ठले बताउनुभयो ।
भवन लगायतका विभिन्न निर्माण हुने संरचनाहरु विश्व परिवेश सँगै धुमिल हुदै जादाँ यहाँको बासिन्दाहरु समेत नयाँ प्रविधिको निर्माण चाहनाले उद्योग संचालन गरेको संचालक श्रेष्ठले वताउनुभयो । उद्योगमा ईन्टरलक ब्लक सँगै साधारण ब्लक, रिङ्ग, पिलर, ईन्टरलक टायल्सको उत्पादन गरिएको बताउनुभयो । ईन्टरलक ब्लक लगायतका उत्पादनले छिटो छरितो, काम गर्न सहज र मुल्यमा पनि कम पर्ने हुन्छ । ईन्टरलक ब्लकको प्रयोगले घर तथा भवन निर्माणमा सुन्दरताका साथै बलियो पनि हुन्छ संचालक श्रेष्ठले भन्नुभयो ।
ईन्टरलक ब्लक लगायत अन्य उत्पादनको माग अत्याधिक रहेको साथै यो ईन्टरलक ब्लक उद्योग जिल्लाको नै पहिलो उद्योग हो । जसले गर्दा यसको मागमा जनचासो रहेको छ । जिल्लाको हरेक भागमा यसको खपत भईरहेको छ । भुकम्प प्रतिरोधी ईन्टरलक ब्लक ईटाले तापक्रमको समेत ब्यालेन्स गर्दछ,जसले गर्दा जाडो र गर्मिको समयमा अनुकुलको वातावरण प्रदान गर्दछ । कम लागतमा बलियो ईटा नै यसको विशेषता हो । हाल उद्योगमा १६ जना मजदुरलाई रोजगार दिदै आएको र उद्योगमा थप लगानी गर्ने सोच बनाएको टि.डि. प्रिकाष्ट कंकिट उद्योगका संचालक मोहन कुमार श्रेष्ठले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button