छोरा र छारीको भेदभाव अन्त्य गरौं
संयुक्त राष्ट्र सङ्को निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ । नारी दिवस मनाउन थालेको यति धेरै वर्ष हुँदा पनि नारी पुरुषको तुलनामा अझै पछाडी नै छन् ।
नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिने भनी संयुक्त राष्ट्र संघबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेको धेरै वर्ष बितेको छ । रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्यान्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको हो । नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि.सं. २००७ देखि नै प्राप्त भएको हो । भारतले भने त्यहाँको अधिवेशनमा एक प्रस्ताव पारित गरी भारतीय राष्ट्रिय काङ्ग्रेसले नारीलाई मत दिने अधिकार दिन माग गरेकामा त्यस बेला त्यो मागलाई घरेलु समस्या भनी पन्छाइयो र पछि सन् १९२० देखि १९२९को बीचमा विभिन्न प्रस्ताव पारित गर्दै अन्त्यमा नारीलाई मत दिने अधिकार दिइएको हो । अन्य देशको तुलना नारीलाई धेरै अधिकार प्रदान गरिएपनि अझै पनि जुन रुपमा नारीहरु आर्थिक, सामाजिक, राजनीतिक रुपमा अघि बढ्ने त्यो रुपमा अघि बढ्न सकेका छैनन् । नेपालमा नारीले अवसर नपाएका होइनन् तर अझै पनि जुन रुपमा पाउनु पर्ने हो त्यो पाएको अवस्था छैन । नेपालमा राष्ट्रपति सभामूख, प्रधानन्यायधिश बन्ने अवसर पाईसकेका छन् । प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष हुने अवसरको वातारण पनि मिलाउनु पर्छ । छोरा र छोरी बराबर हुन् भनेर शिक्षादिक्षा दिने, काममा महिलालाई भार बढी नथप्ने जस्ता कार्य गरिनु पर्दछ । छोरा छोरी बराबर हुन् भन्ने जनचेतना जगाउनु पर्दछ । समान नठान्ने परम्परागत सोचले छोराको आशामा छोरीको भ्रुण हत्या गर्ने जस्ता जघन्य अपराध रोकिनु आवश्यक