बन्दीपुरे बाट भानुवासीले सिक्ने कि

    तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा वि.स.२०२५ सालमा सरेपछि भूत वंगाला जस्तै बनेका बन्दीपुरका घरहरुलाई बन्दीपुरेले नै जुरुमुराए चहलपहल ल्याउन सफल भए । बन्दीपुर छाडेर चितवन, दमौली, काठमाडौं लगायत सहरमा पुगेका स्थानीय वासिन्दा र बन्दीपुरे मिलेर पर्यटकीय नगरी बनाउन लागे । पर्यटक लक्षित गरी आकर्षण रिर्सोट, होटलहरु सञ्चालन ल्याए , कला र सस्कृति र मौलिक घरलाई जोगाएर राखे । आफ्नो ठाउँ आफै बनाउने हो । देशकै धेरै विद्धान जन्माएको भएपनि भानुवासीले  राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको जर्गेनामा लागेनन् । जहाँ भानु जन्मिए चुँदीरम्घा क्षेत्रमा न त राम्रो होटल र फोटो खिच्ने स्थान छ । अझै सम्म पनि त्यस्तो व्यवस्थापनमा ध्यान नदिँदा पर्यटकहरु आकर्षित गर्न सकिएको छैन । भानुभक्त चलचित्र बनाउने क्रममा पुर्ननिर्माण गरिएको भानुको घर जलेर ध्वस्त भएको झण्डै दुई दशक वितिसक्दा पनि पुर्ननिर्माण हुन सकेको छैन । हालै निर्वाचित जनप्रतिनिधीले भानुभक्तको जन्मस्थललाई प्रवद्धन गर्ने प्रयाश गरिएको छ यो खुसीको कुरो हो ।
             भानु नगर कार्यपालिकाको १०औं बैठक भानुकै जन्मस्थानमा गरिएको छ  भानुजन्मगाउँलाई साहित्यिक धाम बनाउने कार्यको प्रवर्द्धनका लागि भानु नगरपालिका–४ भानुभक्त जन्मस्थल विकास समितिको  कार्यालयमा बिहीबार कार्यपालिका बैठक बस्नु खुसीको कुरा  हो । त्यहाँका स्थानीय वासिन्दाको माग, चाहानाबारे जानकारी दिने त्यसको आधारमा विकासका पूर्वाधारहरु बनाउने र पर्यटन प्रवद्धनको लागि कार्यपालिकाको बैठक बसेको बताईएको छ । यस कार्यको नगर प्रमुख आनन्दराज त्रिपाठी लगायत सिंगो पालिकाका टिम उचित कार्यमा जुटेको छ ।  भानुको योगदानको महत्वलाई देश विदेशमा समेत प्रचार–प्रसार गर्न भन्दै नगरपालिकाका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरुले व्यक्तिगत खर्चमा भानुभक्तसँग सम्बन्धित पोशाक खरिद गरि पालिकाको औपचारिक कार्यक्रम र पालिकाको बैठकमा अनिवार्य लगाउनु पर्ने कार्यपालिकाको बैठकले पारित गरेको छ । भानुभक्तिय बिर्केटोपी, लगायतका पोशाक संगै भानुभक्तको तस्बिर अंकित लागो (व्याच) समेत कोटमा लगाउनु पर्ने बैठकले पारित गरेको भानुकै नामबाट नगरपालिकाको नामाकरण भएको  साहित्यिक धाम बनाउने लागि जग्गा अधिग्रहण कार्य अघि बढाइने कुरालाई व्यवहारमा उतारियोस् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button