पोखरीभञ्याङका कृषकलाई बोयर बोका वितरण

दमौली खबर संवाददाता

व्यास नगरपालिका वडा नं १३ले किसानलाई उन्नत जातका बोयर बोका वितरण गरेको छ । वडा अध्यक्ष लेखबहादुर रानाले ६ जना किसानलाई एक कार्यक्रमका बीच बोयर बोका वितरण गरेका हुन् । गाउँघरमा रहेको स्थानीय प्रजातिका बोकाबाट प्रजनन राम्रो नहुने भएकाले उन्नत जातको बोका वितरण गरिएको वडा अध्यक्ष रानाले बताए । उन्नत जातको बोकाबाट प्रजनन राम्रो हुने र स्थानीय किसानलाई आम्दानीका लागि सहज हुने भएकाले वडाका अगुवा कृषकलाई सत प्रतिशत अनुदानमा बोयर बोका वितरण गरिएको वडा सदस्य लक्ष्मीकान्त मिश्रले जानकारी दिए । वडा अध्यक्ष रानाको सभभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य मधुमाया वि.क, एकराज तिवारी, कमला घर्ती, वडा सचिव विष्णुकुमार जोशी लगायतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button