सांसद लामिछानेका सवारी चालक थापाको निधन ।।
दमौली खबर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारका क्रममा निधन भएको छ । मेडिसिटि अस्पतालमा उचपारका क्रममा थापाको आज दिउँसो निधन भएको हो । गएको वैशाख ४ गते चितवन स्थित लामिछानेको घरको छतबाट खस्दा थापा गम्भीर घाइते भएका थिए ।