भिरबाट लडेर थापाको मृत्यु

दमौली खबर संवाददाता

तनहुँ, वैशाख १९ गते

तनहुँमा भिरबाट लडेर तनहुँको ऋषिङ गाउँपालिका– ७ बाजगरा बस्ने बर्ष ५३ को कृष्णकुमार थापाको मृत्यु भएको छ ।

तनहुँको सदरमुकाम दमौलीमा आँखाको उपचार गरी साँझपख दमौलीबाट घर फर्कदै गर्दा थापाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

घर नजिकै रहेको चण्डिभयर सामुदायिक वनको गोरेटो बाटोमा शनिबार राती १०ः३० बजे लड्दा एक सय मिटर तल पल्टिई भिरमा रहेको रुखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आईतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी निरीक्षक राजकुमार बि.क. समेतको अनुसन्धान टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको बिपद् उद्दार समेतको संयुक्त टोली र स्थानिय मानिसहरुको सहयोगमा शव निकालिएको थियो । साढे तिन घण्टाको निरन्तर प्रयाश गरी लाश निकालिएको प्रनाउ खाँडले जानकारी दिनुभयो । २०० मिटर तल समथर भुभागमा शव निकालेर मुचुल्का समेत गरी प्रारम्भिक अनुसन्धान कार्य पुरा गरिएको उहाँले जानकारी दिनुभयो । लास पोष्टमार्टमको लागि दमौली अस्पतालको शव गृहमा राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button