पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड, कार्यकर्ता पंक्ति उत्साहित
एकीकरणपूर्व साविक एमालेले कार्यालय सञ्चालन गरेको ठाउँमा अहिले धमाधम नयाँ बोर्ड राख्न थालिएको छ । सर्वोच्च अदालतले २ पार्टीको एकीकरणलाई नै बदर गरी तत्कालीन अवस्थामा पु¥याइदिएपछि एमालेका नेता कार्यकर्ता धमाधम बोर्ड फेर्ने काममा लागेका हुन् । यही क्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को तनहँुको पुरानो साई बोर्ड फालेर कार्याकर्ताले एमाले लेखेर राखेका छन् । पार्टी कार्यालयका जिल्ला सचिव राजेश्वर ढकाललेसबै जिल्लाहरुमा यसैगरी बोर्ड राखेर सर्वोच्चको फैसला कार्यान्वयन गरिने बताए ।
धुम्बाराही पार्टी कार्यालयबाटै प्राप्त निर्देशन अनुसार देशभरसहित प्रदेशका सबै जिल्लाका बोर्ड फेर्न थालिएको उनले बताए । पार्टि एकता पश्चात नेकपाको पार्टी कार्यालयको रुपमा प्रयोग हुदै आएको कार्यालयमा अदालतको फैसला पछी फेरी एमालेको वोर्ड टाँगिएको हो। उनले भने,‘सर्वोच्च अदालतको फैसला मान्ने निर्णय भएकाले वोर्ड फेरेका हौं’ ओली समूहका जिल्लाका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ कार्यालय सचिव राजेश्वर ढकाल लगायतको सहभागितामा बोर्ड फेरिएको हो।
आफूहरु नै संस्थापन पक्ष र आधिकारिक एमाले भएको उपाध्यक्ष श्रेष्ठले बताए। ‘हिजो नेतृत्वलाई तथानाम गाली गर्दै हिंड्ने अनि आज आएर एमाले हामी हौं भनेर अरु कसैले दाबी गर्न मिल्दैन’,उनले भने, ’प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको पार्टी हामी हौं, हाम्रो नेतृत्वमा एमाले चल्छ।’ उनले अघि थपे,‘अदालतको फैसलाले पार्टी कार्यकर्तामा उत्साह थपेको छ ।’ नेकपा विभाजन भएपछि ओलीले हरेक जिल्लामा आफ्नो पक्षको कमिटी बनाएका थिए। तर तनहँुका पहिले नै ओली पक्षको अध्यक्ष रहेकाले कमिटि बनाएका थिएनन् । जसमा प्रतिनिधी सभा सदस्य केदार सिग्देल जिल्ला अध्यक्ष छन् ।