घरमै बसेर ट्युसन पढन् थाले तनहँुका विद्यार्थीहरु

सविन लामिछाने

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ विरुद्ध सरकारले गत चैत ११ गते देखि जारी गरेको लकडाउन हाल सम्म पनि कायम नै छ । हतारमा वार्षिक परीक्षा दिएका विद्यार्थीहरू नयाँ शैक्षिक सत्र सुरु भएको करिब तीन महिना समय बित्दासमेत विद्यालय जान पाएका छैनन् । अहिले तत्कालको लागि विद्यालय खुल्ने सम्भावना टरेपछि विद्यार्थीहरु घर घरमै बसेर ट्युसनपढ्न थालेका छन् । तनहँुका अधिकांश सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरिएको छ भने केही सामुदायिक विद्यालयहरुले भने अनलाइन शिक्षा सुरु गरेका छन् ।

 तर ग्रामीण भेगका विद्यालयहरुमा ईन्टरनेट पहँुच नहुनाले अनलाईन शिक्षा सम्भव छैन । तनहँुका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुको हात हातमा पुस्तक दिएपछि घरमै बसेर ट्युसनपढ््न थालेका हुन् । विद्यार्थीहरुमा पढ्ने चाहना भए पनि आफुले नबुझेका पाठमा सिकाई दिने कोही पनि व्यक्तिहरु नपाए पछि ट्युसनपढेको उनिहरु बतान्छन्। सरकारले रेडियो टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गरेता पनि विभिन्न समस्याका कारण ग्रामिण भेगका विद्यार्थीहरुले पढ्ने वातावरण पाएका छैन । जिल्लाको व्यास नगरपालिका वडा ६ काफ्लेफाँटका सुर्यकान्त काफ्लेले गाँउमा बिजुलीको समस्याको कारण आफनो छोराछोरीहरुले टेलिभिजन मार्फत पठनपाठन गर्न नपाएको बताए । उनले भने, “ गाँउमा बिजुली हापलाईनका आउन्छ, यतिको लाईनले टेलिभिजन चल्दैन, रेडियो त झन् कस्ले राख्छ र अहिले समयमा । ”

“दिउँसोको समयमा हामी मेलापातामा जान्छौ, घरमा छोराछोरीलाई सिकाउने कोही छैनन् नभएपछि घरमै टिउसन् पढ्ने वातावरण मिलाईदिएको हो । ” उनले भने । गाँउमै रहेका शिक्षकहरु मिलि घरघरमा ट्युसनपढाउन थालेको सोही वडाको अम्रेनीका शिक्षक तेजप्रसाद लामिछाने बताउन्छन् । उनले भने, “सरकारले विद्यालय खोल्न अनुमती दिएको छैन, यसरी त विद्यार्थीहरुको भविष्यमा नराम्रो असर पुग्छ । त्यसैले गाँउकै शिक्षकहरु मिलि ट्युसनपढाउन थालेको हौं । ” टोल टोलको विद्यार्थीहरुलाई समुह उनिहरुकै घरमा ट्युसनपढाउन थालिएको हो । जसले गदाई पढाईमा विद्यार्थीहरुलाई धेरै सहज भएको बतान्छन् ।

 व्यास ६ बाहबिसेका बिशाल कार्की कक्षा ९ मा अध्यनरत छन् । उनले आफनो विद्यालय बाट नयाँ कक्षाको पुस्तक पाएको एक महिना हुन लाग्यो । आफुले नजानेको पाठको सिकाई दिने कोही नभएपछि गाँउकै शिक्षक सँग ट्युसनपढेको उनले बताए । उनले भने, “घरका सबै रोपाईमा जानुहुन्छ, मैले नजानेको पाठ सिकाई दिने कोही नभएपछि ट्युसन पढ्ेको हुँ । ” तत्काल विद्यालय खुले पनि अभिभावकहरुले कोरोना त्रासको कारण विद्यालयमा छोराछोरी पठाउने सम्भावना न्यून छ । यता अभिभावकहरुले पनि लकडाउनको बेला विद्यार्थीहरुलाई घरमै ट्युसनपढाउनु उत्तम कार्य रहेको सरोकारवालाहरु बतान्छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button