एकता नै बल हो

जब एकताको डोरी बाटेर
अघि अघि बढ्छौं हामीहरु
जब मानवता अँगालेर
अहोरात्र खट्छौं हामीहरु
जब सहारा टुटेका अनुहारहरुलाई
एक एक गरी पढ्छौं हामीहरु
तब हामीसँग जनमत बटुल्ने आधार बन्छ
लोकले रमाएर जय जय भन्छ

रोकिनु हुँदैन पाइलाहरु
पोखिनु हुँदैन आवेगहरु
अवरोध हट्ने छन् विस्तारै
छेकिनु हुँदैन सत्यहरु
फ्याँकिनु हुँदैन आशाहरु
विजय यात्रामा निस्कदा
झुक्किनु हुँदैन आवाजहरु

जित्नु छ हामीले विश्वास
जुटाउनु छ हामीले साहस
मन पवित्र छ भने यहाँ
आस्था अटूट छ भने यहाँ
फैलिने छ तिम्रो सुवास
र लेखिने छ सुनौलो इतिहास
लेखिने छ सुनौलो इतिहास

-मातातीर्थ , काठमाण्डौं ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button