युवा समाजसेवी थापाद्धरा ब्यक्तिगत खर्चमा खेल मैदान निमार्ण

दमौली खबर संवाददाता
दमौली जेठ ३०
तनहुँको म्याग्दे गाउँपालिकामा नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी चामबहादुर थापाले आफ्नै व्यक्तिगत खर्चमा खेलमैदान निमार्ण गरेका छन् । म्याग्दे गाउँपालिकामा रहेको म्याग्दे वडा न १ मा थापाले २ लाख रूपैयाँको लगानी गरेर करिब १० रोपनी जग्गामा फुटबल खेल मैदान निमार्ण गरेका हुन् ।
स्थानिय युवाहरुलाई फुटबल खेल्नमा मैदान समस्या देखिए पछि आफै लागेर निमार्ण गरेको थापाले दमौली खबर संग बताए । गाउँमा उचित खेल मैदान नहुँदा स्थानीय खेलाडीहरुलाई खेल खेल्न समस्या देखिएको थियो । खेलमैदान निर्माण भएक संगै स्थानिय गाँउ बच्याङ,टाक्राङ, अर्जलथोक , नौघरे,चारघरे, छापथोक, धरादी, पारथोक, थुम्काका खेल प्रेमी युवाहरुलाई सहज हुने भएको हो ।
खेल मैदान निर्माण भए पछि स्थानिय एक युवाले आफुहरुलाई खेल खेल्नमा सहज हुने बताएका छन् । समाजसेवी थापाले यस अघि पनि जिल्लाको बिकास कार्यमा धेरै सहयो गर्दै आएका छन्। उनकै सहयोग र अग्रतामा दमौलीको सन्तोष होटल पछाडी रहेको बुद्धको फाउन्टेन निमार्ण गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button