गल्वुवेशी स्थित शिव मन्दिरको व्यवस्थापन प्रतिष्ठानले गर्ने

दमौली खबर संवाददाता

गल्वुवेशी, दमौली, साउन ३१

वेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान प्रतिष्ठानको आयोजनामा व्यास १ गल्वुवेशीमा रहेको पवित्र शिव मन्दिरमा विशेष होमन तथा शिवमन्दिर सरोकारवालाहरुसंगको सयुक्त भेला वुधवार सम्पन्न भएको छ ।

मन्दिरले चर्चेको झण्डै ८ रोपनी भन्दा बढी जग्गामा मन्दिरको स्तरोन्नती प्रतिष्ठानले गर्ने भएको छ । यस मन्दिरको शिरमा रहेको सालघारीको व्यवस्थापन गरी १०८ फुटको त्रिशुल निर्माण गर्ने, बास्तु शास्त्र अनुसन्धान मन्दिरको व्यवस्थापन गर्ने मन्दिर परिसरमा शनि भगवानको मूर्ति स्थापना, गौशाला निर्माण लगायतका काम प्रतिष्ठानले गर्ने भएको छ । द्धितीय व्यास तथा ध्यानचार्य सदगुरु खेमराज अधिकारीले १०८ फुटको त्रिशुल शनि भगवानको मूर्ति तथा १०८ धारा सहितको पशुपतीको निर्माण गरिने बताउनुभयो ।

शिव मन्दिर संरक्षण समितिका अध्यक्ष दुर्गाभक्त अधिकारी शनिको मूर्ति १०८ फिटको त्रिशुल मर्मत गर्न तथा मन्दिरको जिर्णोद्धार गर्नका लागि वेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानलाई प्रदान गरिएको बताउनुभयो । उता प्रतिष्ठानका प्रवक्ता गुरु कल्याण सुदिप काफ्लेले पुरुसोत्तम मासको अवसरमा सुरुका दीन देखि नै मन्त्र ध्यान जप गरिएको उल्लेख गर्दै साधक साधिकाहरुलाई विभिन्न मुद्रा र मन्त्रद्धारा साधना गरिएको बताउनुभयो । पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले यस प्रतिष्ठानले जिल्ला क्षेत्र र केन्द्र तथा अन्तराष्ट्रिय स्तरमा चेतना र ज्ञान फैलाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा दजनौं साधक साधिकारहरु होमन कार्यक्रममा सहभागिता रहको थियो । कार्यक्रममा सहजीकरण गुरुचन्द्रले गर्नु भएको थियो । कार्यक्रममा अकला टोल विकास संस्थाका अध्यक्ष सोमनाथ पौडेल, पावती बाचे, पूर्णिमाया थापा, जगदिश काफ्ले, माता प्रतिमा अधिकारी लगायतले समाजमा शान्ति फैलाउन आध्यामिक चेतना फैलाउन सबैले सहयोग गर्न जरुरी रहेको कुरामा जोड दिनु भएको थियो । आआफ्नो मन्तव्य राखेका थिए ।

Show More

Related Articles

Check Also
Close
Back to top button