शेयर बजारमा बुझेर लगानी गरौं

दमौली खबर संवाददाता

नेपालीहरु लहै लहैमा लागेर धेरैले लगानी डुबाउँछन् । होचुवाको भरमा लगानी गर्दा टाट पल्टिुन पर्ने अवस्था आउँछ । आम्दानी हुनेले लगानी गरेको अवस्थामा प्रतिफल प्राप्त नभएपनि खासै असर गर्दैन तर ऋण खोजर शेयर शेयरबजारमा लागनी गर्नेहरुले प्रतिफल पाएनन् भने मानसिक तनावको सामाना गर्नुपर्दछ । शेयर बजारमा कसरी लगानी गर्ने भन्ने ज्ञान जति हुनु पर्ने हो त्यति नहुँदा लगानी जोखिम पर्दछ । लगानीकर्ताहरुको हितलाई मध्यनजर राखेर ज्ञान अभिवृद्धि गर्ने उद्धेश्यका साथ नेपाल धितोपत्र बोर्डको सहजीकरण एवं भिजन सेक्युरिटिज प्रा.लि. ब्रोकर नं. ३४ शाखा कार्यालय दमौलीको आयोजनामा शनिवार लगानीकर्ता सचेतना कार्यक्रम गरेको छ यो राम्रो कुरा हो । शेयर बजार कसरी गर्ने शेयर धनिहरुले उत्कृष्ट कम्पनी कस्तो छान्ने र समग्र बजारको बारेमा जानकारी लिन अवश्यक छ । यसरी बुझेर गर्दा लागनीले प्रतिफल पाउन सकिन्छ । यस्ता कार्यक्रमबाट धेरै ज्ञान प्राप्त हुने हुँदा यस प्रतिको समस्या, भ्रम हटाउन टेवा पुग्दछ । सामाजिक उत्तर दायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई प्राथमिकता दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button