तनहुँको ६ स्थानमा निशुल्क हुने बन्ध्याकरण शिविरको तयारी पुुरा
दमौली खबर संवाददाता
दमौली, माघ ७
स्वास्थ्य कार्यालय तनहुँले तनहुँको ६ स्थानमा सन्तानका रहर पुगेका दम्पतीहरुको लागि निशुल्क स्थायी बन्धाकरण शिविर गर्ने भएको छ । शिविरको सबै तयारी पुरा भएको कार्यालयले जनाएको छ ।
यही माघ २२ गते देखि फागुन १ गते जिल्लाका ६ स्थानमा शिविर गरिने शिविरको तयारी पुरा भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
माघ २२ गते शुक्ला गण्डकी नगरपालिकाको खैरेनीटार स्वास्थ्यचौकीमा, माघ २४ गते भानु नगरपालिकाको पुरनडिही नगर अस्पतालमा, माघ २५ गते आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी स्वास्थ्य चौकीमा, माघ २७ गते म्याग्दे गाउँपालिकाको जामुने स्वास्थ्यचौकीमा, माघ २८ गते व्यास नगरपालिकाको गजुरे स्वास्थ्य चौकीमा र फागुन १ गते दमौली अस्पतालमा शिविर सञ्चालन गरिने हुँदा लाभ लिन आग्रह गरिएको स्वास्थ्य प्रमुख अधिकारीले बताउनुहुन्छ ।