कन्यादान र भोट दान दिंदा विचार पुर्याउनु पर्छ
दमौली, २४ चैत्र । नेपाली कांग्रेसका नेता दीपकराज जोशीले कन्यादान र भोट दान दुवै गंभिर हुने भएकोले विचार पु¥याउनु पर्ने बताउनु भएको छ । व्यास नगरपालिकाको मेयरका प्रत्यासी जोशीले बुधबार दमौली स्थित सम्पर्क कार्यालयको उद्घाटनको अवसरमा सो धारणा राख्नु भएको हो ।
गलत व्यक्तिलाई कन्या दान दिईयो भने छोरीले जिन्दगीभर दुःख पाउनु पर्छ त्यस्तै खराब नेतालाई भोट दिईयो भने पनि जनताले त्यस्तै दुःख पाउँछन्, नेता जोशीले भन्नुभयो, कन्यादान र भोट दान गर्दा गंभिर भएर सोच्नु पर्छ । पाँच वर्षको लागि भोट दिँदा खेरी जसले आफ्नो र अर्को नसोची जुन नेताले जनताको सपना पुरा गर्न समक्ष हुन्छ त्यसलाई जिताउनु पर्ने बताउनुभयो । पार्टीले पनि गुटको मान्छे उठाउनु भन्दा समक्ष व्यक्तिलाई छनोट गर्न जरुरी रहेको उहाँको भनाई थियो । राम्रो उम्मेदवारबीच प्रस्पिर्धा भयो भने हार र जीतले जनतालाई फरक नपर्ने उहाँको तर्क थियो । ‘राम्रा राम्रा नेता बीच प्रस्पिर्धा भयो भने हारजीतमा फरक पर्दैन तर नराम्रो र नराम्रो नेता बीच प्रतिस्पर्धा भयो भने फरक पर्छ, त्यसैले हरेक व्यक्ति योग्यलाई मात्र मैदानमा पठाउनु पर्छ’ नेता जोशीले भन्नुभयो । चियापसलमा, सार्वजानिक स्थानहरुमा गुटको उम्मेदवार बनाउने कुराले चर्चा पाएको उल्लेख गर्दै जोशीले राम्रोलाई भन्दा हाम्रोलाई चुनाव पठाउँदा विकासले गति लिन नसक्ने बताउनुभयो ।
‘मलाई नै भोट दिन भन्दिन तर जनताले भविश्यमा कसलाई दिँदा पछुतो हुँदैन भनेर असल नेतलाई भोट दिनुपर्छ’ जोशीले भन्नुभयो । हामीले हालेको भोटले हाम्रो भविश्य निर्धारण गर्ने उल्लेख गर्दै उहाँले किसानले कुलो मर्मतको लागि रकम नपाउने तर अनावश्यक फजुल खर्च गर्ने गरिएको पाईएको उहाँले आरोप लगाउनुभयो । मंहगा गाडीमा सवारी गर्ने तर दमकल र एम्बुलेन्स राम्रो क्षमताको खरीद नगरेरे उल्टो काम गरेको उहाँको आरोप थियो । स्थानीय तहको निर्वाचनमा सबैभन्दा पहिला निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा ल्याउनु भएका व्यास नगरपालिकाको मेयरका प्रत्यासी जोशी हाल घरदैलोमा भेटघाटमा व्यस्त हुनु भएको छ ।
को हुन त दीपक राज जोशी?
तनहुँको खाल्टेका मुखिया पद्मराज जोशीका नाति, बुबा गोविन्दराज जोशी र आमा हिमकुमारी जोशीका जेष्ठ सुपुत्र दीपकराज जोशी तनहुँ जिल्लाको खाल्टे (हालः भानु नगरपालिका) मा वि.सं. २०२७ सालमा जन्मनु भएको हो । वि.सं २०४१ र ०४५ सालमा नेविसङ्घको प्याड बोकेर सङ्गठनमा विस्तारमा खटिएकोले जेल जीवन समेत विताउनु भएको थियो । उहाँले वि.सं. २०४२ सालमा त्रिभुवन मा.वि., मानेचौकाबाट एस.एल.सी. उत्तीर्ण गर्नु भएको थियो । वि.सं. २०४५ सालमा पोखराको फरेष्ट्री क्याम्पसबाट फरेष्ट्रीमा आइ.एस्सी. उत्तीर्ण गरेपछि लोकसेवा आयोगको परीक्षामा नाम निकाल्न सफल नैभई शिवपुरी राष्ट्रिय निकुञ्जमा रेञ्जर पदमा रहेर काम गर्नु भएको थियो ।
उहाँले आ बलबुतामा जागिर खाँदै गर्दा उनका बुवा गोविन्दराज जोशी नेपालको शिक्षा तथा गृहमन्त्री हुनुहुन्थयो र पनि उहाँले बुवाको पदको कहिल्यै दुरुपयोग गर्नु भएन । वनविज्ञानमा स्नातकोत्तर जोशीले अमेरिकाबाट इन्फर्मेशन टेक्नोलोजीमा मास्टर तथा प्रोजेक्ट मेनेजमेन्टमा एम.बी.ए. गर्नु भएको छ । त्यसपछि अमेरिकाकाका थुप्रै कम्पनीमा १७ वर्षसम्म काम गरेर अनुभव बटुल्नु भएका जोशीको जीवनशैली भने ज्यादै सामान्य किसिमको छ, जुन अत्यन्तै कम मान्छेले जिउने गर्नुहुन्छ । उहाँले योग साधनाका अष्टाङ्ग योग (यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि) लाई जीवनका मार्गदर्शक सिध्दान्त मान्दछन् । बुवाआमासँगै बस्नुह्ुन्छ, धुम्रपान गर्नु हुन्न, क्याफिनजन्य वस्तु पिउनुहुन्न । रक्सी पिउनुहुन्न माछा, मासु नखाने भेगन हुनुहुन्छ । जसले जनावरबाट आएका कुनै पनि वस्तु (दुध, दही, मह, छालाको जुत्ता, जनावरको भुत्ला भएको लुगा आदि) प्रयोग गर्नु हुँदैन ।
उहाँ हरेक मङ्गलबार उपवास बस्नुहुन्छ । सूर्य उदाउनुभन्दा अगाडि उठ्नुहुन्छ । हरेक दिन १–२ घण्टा योग र प्राणायाम गर्नुहुन्छ । सूर्यास्त हुनुअघि खाना खानुहुन्छ । अति सूक्ष्मवादमा विश्वास गर्नुहुन्छ । उहाँ अरूले दिएको (प्रयोग गरिएको) कपडा लगाउँनुहुन्छ । वातावरण मैत्री जीवन शैली बाँच्न रुचाउनुहुन्छ । उहाँसबै प्रकारका सङ्गीत (भजन, रक, हेभी–मेटल, पप, लोक, आधुनिक, अँग्रेजी, हिन्दी, नेपाली) सुन्छन, फिल्म हेर्नुहुन्छ । कहिलेकाहीँ साथीहरूको अनुरोधमा डिस्को, पब, क्लब पनि जानुहुन्छ । आधुनिक जीवनशैलीबाट टाढा पनि हुनुहुन्न । उनी भन्छन्, ‘‘न त म योगी हुँ, न त तपस्वी नै, को हुनुहुन्छ त जोशी ? जोशी भन्नुहुन्छ– ‘म त केवल यो देव पुण्य भूमिमा बस्ने एक साधारण मान्छे हुँ, जो शास्त्रमा लेखेको कुरा (जसले ज्ञान प्रवाह गर्दै हामीलाई अनुशासित बनाएर हाम्रो रक्षा गरी जीवनलाई नो जीवनलाई खुशीसाथ अघि बढाइरहेकोसही मार्गदर्शन दिन्छ) को अभ्यास गर्दै आ नेपाली हुँ ।’ हाल उहाँ काठमाडांै, सुकेधारास्थित न्यु मिलेनियम कलेजका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ ।
यसका साथै उहाँ प्राध्यापन पनि गर्नुहुन्छ । ‘स्पटलाइट’ – अँग्रेजी पत्रिकामा उहाँ स्तम्भ लेख्नुुहुन्छ र अरू नेपाली पत्रिकामा लेख लेख्ने गनुृहुन्छ । १७ वर्षको अमेरिकाको बसाइ पछि र थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभव बोकेर पनि अमेरीकाको ग्रीनकार्ड छोडेर स्वदेशमा नै केही गर्नुपर्छ भनेर फर्किनु भएका जोशी नेपाल टेलिकमको अथोरोटि चेयरमेन पदको छनोटमा टप–थ्रीमा पर्न सफल भए तापनि नेपालको राजनीतिमा व्याप्त फोहोरी खेल उहाँलाई सोको जिम्मेवारी दिइएन । यस्तो जीवनशैली भएका मान्छेहरु राजनीतिमा विरलै भेटिन्छन । उहाँ सम्यक राजनैतिक चेतना र दृष्टिकोण भएका मान्छे हुनुहुन्छ । उहाँलाई पद र शक्तिको मोहले कहिल्यै नि तानेन । जुनबेला उहाँले त्यसको दुरुपयोग गर्नसक्नुहुन्थ्यो त्यतिबेला पनि जोशीले त्यसको कुनै दुरुपयोग गर्नु भएन । जोशी राजनैतिक मात्रै नभई आर्थिक, साँस्कृतिक, सामाजिक र भू–राजनीतिक क्षेत्रमा पनि उत्तिकै सचेत हुनुहुन्छ र दख्खल पनि राख्नुहुन्छ । व्यास नगरपालिका–२ दमौली निवासी जोशी ‘हामीले दिएको भोटले हाम्रो आफ्नो भविश्य निर्धारण गर्छ त्यसैले आफ्नो अमुल्य मत खेर नफाऔं’ भन्ने नाराका साथ आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी मैदानमा उत्रिनु भएको छ ।