मास्क प्रयोग नगर्ने ७२ जना कारबाहीमा

दमौली

जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्ने लाई कारवाही गर्न सु्रु गरेको छ । कोभिड(१९ को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गर्ने सुरु गरेकों जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक एवंम् प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार विहिबार मास्क प्रयोग नगर्ने ७२ जना लाई कारबाही गरिएको छ । त्यस्तै बुधबार एक सय जनालाई कारबाही गरिएको थियो । मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति १०० रुपैयाँका दरले जरिवाना गराइएको उनले बताए । ’जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो’, उनले भने, ’तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौँ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा सञ्चालन गरिएको कारवाही अभियानमा कारवाहीमा परेकालाई कोरोना भाइरसको बारेमा पूर्णरुपमा जानकारी समेत गराइएको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button