दुरदृष्टि नेताको अभाव
विनोद सेन्चुरी
छाडेर काम सारा एक काम रोजी रहेछु ,
यो देशमा म एउटा मानिस खोजी रहेछु ।
डा. विश्वनाथ वरालको को शब्द र गायक शिशिर योगीको स्वर रहेको यसको भाव जस्तै अहिले देशले युग पुरुष खोजीरहेको छ । स्वर्ग जस्तो देशको नागरिक स्वदेशमा रोजगारी पाउन नसकेर अधिकांश युवाहरु खाडी मुलकमा काम गरेर मरुभूमीलाई स्वर्ग बनाउन लागिरहनु परेको छ । सामाग्री निर्यात गर्दै आएको कृषि प्रधान देश नेपाल , अहिले भारतबाट ठुलो परिमाणमा खाद्यान्न आयात गर्नु परेको छ । सुरुमा हामी विपन्न थिएनौं नेपालको चीन र भारतको भन्दा राम्रो विकास देखेर सबै छक्क पर्दथे । नेपालको कलाकार अननिकोले चीनमा गएर ख्याती कमाएका थिए । जापानमा भुकम्प गएको बेला खाद्यान्न सहयोग नेपालले गर्ने गर्दथ्यो । हामीले राजनितीज्ञ धेरै जमायौं तर देश र जनताको हितमा काम गर्ने राजनितिज्ञहरु पाउन सकेनौ देशको भविष्य निर्माण गनैँ जनप्रिय नेता पाउन सकेनौं । २००७ सालमा राणा शासनको अन्त्य वि. पी कोइरालाले नेपाली जनताको साथमा गरे प्रजान्त्र ल्यायौ केही हदसम्म भए पनि पढन लेखन , बोल्न पाउने अधिकारको सुनिश्चित गरी प्रजातन्त्रले नेपाली जनताको आत्मा मनलाई राहत दियो ।
हामीलाई स्मरण छ वि.पी कोइरालाको इतिहासले बुझाएको दुर द्रष्टि देशको भविष्य निर्माण गर्ने नेतृत्वाको रुपमा चिनिएको एक नेपाली राजनिती ईतिहासको पात्रको दरुपमा हामीले लिन सकछौ । नेपाली राजनिती इतिहासमा धेरै काल खण्ड अबस्था परिवर्तन भयो तर यो देशको व्यवस्थालाई कसैले कहिल्यै पनि परिवर्तन गर्न सकेनौ । हामी दलको झोले बन्यौ । २०३६ सालमा जतनमत संग्रह भयो निर्दल र बहुदलको नेपाली जनताको सोच अनुरुपको बहूदल त ल्यायो तर राजनिती इतिहासमा बहुदल भनेको के हो भनेर दलका नेताहरु अध्यय र अनुसन्धान नगरेकाले बहुदलको अन्त भयो । बहुदल तल्माए तर नेपाली राजनीति इतिहासमा दुर्भाग्य बस नेपाली जनताले विर्सनै नसक्ने ठुलो घटना व्यहोर्नु प¥यो । त्यस पछि देश झन झन् बिग्रिएको हो । मेरो देश जब २०४९ साल जेठ ३ गते चितवनको दास ढङग बाट मदन भण्डारीको हत्या गरियो तत् पश्चात मेरो देश आज पनि दुर्घटना मै गइरहेको छ । जब देशमा बहुदल आयो त्यस पछि दुर्भाग्य बिग्रियो । २०५२ फागुन ६ गते नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद् घोषण गरे १० बर्ष युद्धभूमी बनाए । यसले गर्दा १०० बर्ष देशको भविष्यलाई अन्धाकारको मरभुमिमा धकाली दियो । हामीले भोगेको यि ति दिनहरु आज पनि हाम्रो मानस पटलमा जस्ताको त्यस्तै छ । म उहाको त्यो दुस्प्रयासलाई सम्झन लायक ठानदिन जे गरे हिजै गरे त्यस पछि बिग्रिएको हो । मेरो देश मलाई कसैको वृतान्त खोल्नु छैन । उहाहरुकै कुकर्मले आज देशको भविष्य र आउँदो पूर्खाकोद भविष्यमा मात्र चिन्तित छु ।
हामीलाई जिवनभर झस्झकाई रहने नेपाली जनताले चाहेर पनि भुल्न नसक्ने विर्सन नसक्ने २०५८ जेठ १९ गतेको राज परिवारको वंश विनास हत्या काण्डले पनि हामीलाई नेतृत्व विना र अभिभावक विनाको टुहोरो सन्तान जस्तै बनायो । त्यसपछि बिग्रिएको हो मेरो देश जब प्रचण्डले मोडालिटी विनाको संघियता राज्य बनाएर जातीय अनुसारको राज्य घोषणा गरे त्यस पछि बिग्रिएको हो मेरो देश हामिले राजनितहिरु कहिल्यै पाएनौ यो देशको विकासको सम्भावना बोकेको जननेताको पर्खाइमा छौ । हाम्रो सोचाई दृष्टिकोण र हामिले अब गनै विकास लगायतका मुदालाई प्रविधिको फेमवर्क बाट हेर्न सकेको खणडमा मात्र यो गेलोबलाई जेसनले दिने प्रतिफल बाट हामिले लाभ लिने सक्ने छौ । प्रचुर जलस्रोतको भणडार रहेको नेपालले यसबाट उत्पादित बिजुली आप्नै मुलुकमा मात्र होइन अन्य छिमेकी राष्ट्मा पनि बितरण गरेर अर्थ मात्र पार्जन गर्न सक्छौ । हाम्रो पानी बगेर खेर गैरहेको छ । तर यता हामी भने राष्ट्वादको नारा जपेर पार्टिगत वा व्याकित लाभ हानीका कारण अनिर्णयको बन्दी हुदा मुलुक सधैं घाटमा छ ।
राजनितिले निम्ताएको नीतिगत अस्थिरता र अन्यौल राष्ट्भन्दा दलिय , दलिय स्वार्थको प्रभाब सुशासनको अभाव तथा हाम्रो विकासको अवरोधको रुपमा ठडिएका छन् भन्न मलाई कुनैहिच्कचाहट छैन । धेरै टाधा जानु परदैन । भुटान , कतार यतिखेर हाम्रो लागि विकासका धेरै आयममा मोडेल बन्न सकछौ । सानो भूगोल भित्र अनेकौ विविधता बोकेको र संसार भएका सबै जलपायु वायोडाईभर्सिटी र सांस्कृतिक विविधताले नेपालको हितमा विशिष्ट पहिचान बनाएको छ । यसलाई नेपालको हितमा हुनेगरी कसरी प्याकेज गर्न सक्छौ ।यसको मोडेल बनाउन आवश्यक छ नेपालमा जनमिएका थिए भने नारा भन्दा पनि बृद्ध केन्द्धित बिसयबाट सबै मुलुकको जनताहरु नेपाल आउने वातावरण कसरी सोच्न सक्छौ । त्यसको भिजन बनाउन जरुरत छ । अहिलेको २१औ शताब्दीको युगमा हामीलाई चाहिने सबैभन्दा ठुलो दुईवटा बजारको बिचको तरुल भनिने मुलुक अहिले अनन्त सम्भाबनाको खानी सरह भएको छ ।
यस यिवशिष्टताको प्रयोग नेपाल नेपाली र क्षेत्रिय लाभका लागि लिनुपर्छ । तर यी सम्भावनालाई व्यवहारमा उतार्न वियोनड एक्स्पेसन्स एण्ड वियोन्ड बाउन्ड्जिको नविनतम सोच राष्ट्यि शत्तिहरुको समान द्ष्टिकोड र भिजन भएको नेतृत्व र जनता केन्द्ति सरकार प्रमुख पूर्वसर्त हुन अब यी अवस्थाका लागि हाम्रो राजनिती सरकार चुनाव र सुशासनको पद कति सहयोगी छ त्यस बारेमा केही चर्चा गर्न चाहन्छु । हामि विश्वस्त थियौ । अब देशमा शन्ति र रानितीक स्थिरता कायम हुनेछ अनि सुखद भविष्यका लागि समद्किो यात्रमा अर्जुन द्ष्टि हुनेछ । अब प्रत्येक दश–दश बर्षमा ठुल्ठुला राजनिती परिवर्तनका लागि हामीले फेरी सडकमा आउनु पर्ने छैन भन्ने हाम्रो विश्वास आजको यो नविनतम यूगले परिभाषित गरेको छ ।
त्यति मात्र होइन सधै अस्थिर सरकारको कारण चरम सिमामा पुगेको कुशासन , भ्रष्टचार , बेधिती प्रत्येक संस्थाको घिन लाग्दो राजनिती करण र आप्नालाई मात्र प्रोत्साहन गर्ने हाम्रो अतितको अन्त्य गरी कानुनी राज्यका निमित थप चाहिने प्रक्रिया प्रणली पद्ती निर्माण गर्न सक्ने बलियो सरकार चाहिने कुरालाई आत्मसात गरी मतदाताले झन्डै दुई तिहाईको सरकार पनि दियो । तर जनताको इच्छा आकाङक्ष चाहना समस्या भोगाई पिडा वेथिती बेरोजगारी ज्यूका न्यू नै रहिरहयो । आज देशले सही नेतृत्व नपाएकाले आमनागरिक आक्रोशित र चीन्तीत छन । यूवाबर्गमा अब यो देशमा भविष्य छैन भन्ने सोचहरु स्थापित हुदैछ भएको त्यो हामीले बुझेका छौ देश निर्माणको प्रमुख जिम्मेवारी लिने हामिलाई चाहिने यूवाको रेजाई आज विदेश हुन पुगेको छ । अहिले नगरे हामिले नगरे आजको यो २१ औ शताब्दीका तपाई हामी युवाले नगरे अरु कसैले पनि गर्ने छैनन् । अब हामीले हाम्रो सन्ततीहरुको भविष्य निर्माण गर्नकै लागि पनि आज बाट हाम्रो सोचमा परिवर्तन ल्याउन जरुरत छ आवश्यकता छ । प्रश्न धेरै आउने गरेको छ । हामी कहाँ किन र कसरी चुक्यौ ? हामीलाई थाहा छ । राज्यका प्रत्येक अंगको अतिराजनितीकरणले यो मुलुकको ठुलो दुर्भाग्यको रुपमा रह्यो । स्थायी सरकार भनिने कर्मचारीको दल अनुसारका संगठन बन्यो । प्रजातन्त्र संस्थागत भैसकेको मुलुकहरुमा निर्वाचन वा त्यस्तै राट्रिष्य सरोकारका बिषयमा राजनीतिक दल नेताहरु सकिएपछि ती हिउदमा सर्प दुलोमा पसे झै हराउँछन् । हाम्रो विडम्बना भनेको राजनिती लाई सेवा बनाएनन् । यसलाई पेशा बनायो यो नै दुखद कुरा भयो । बलियो दलको सतह सम्मका एकाईले समान्तर सरकार चलाए ।
हाम्रो मुल समस्या यहाँ निर छ । हामीलाई थाहा छ । यि यावत कारणले हामीले नत जनप्रिय नेता पायौ न त विकासको क्रमलाई जनताले प्रत्यक्ष्य महसुस गर्ने गरी छलाङग मार्न सक्यो । यो देश परिवर्तन गर्ने जिम्मा हामीलाईदिनुस हामीसँग मेरो देशकाने भविष्य निर्माण गर्ने खाका तयार गरेका छौ । असल नेतालाई , अमुल्य मत जायर गर्नुस सिंहदरबार भित्रको फोहोर हामी हटाउने छौ । हाम्रै देश भित्र उद्योग कलकारखाना खोली हाम्रो यूवाहरु अरुको देशमा रगत र पसिना बगाउन जानबाट हामी रोक्ने नेताको खोजी भईरहेको छ । प्रचण्डले १० वर्ष जनयुद्ध गरेर मात्रै आर्जेको देश हैन । शेरबहादुरले डढेलधुराबाट राजनीति गरेर र केपी लामो समय जेल बसेर आर्जेको मुलक हैन । मेरो पूर्खाहरुले विरताका साथ अंग्रेजहरुमा खुकुरीको भरमा आर्जेको देश हो यो । अब दानव रुपी मानव कसैले पनि गिद्धे नजर पर्ने छैन । अब जान्नेलाई छान्ने हो । हामी छान्दैछौं त्यो मान्छे जसले देशको बाघडोर सम्हाल्ने सक्ने हिक्मत भएको युवा पिढींलाई ।