खानेपानी ट्याङ्की मृत भेटिएको महिलाको सनाखत
दमौली खबर संवाददाता
तनहुँ, चैत १४
म्याग्दे गाउँपालिका–४ मनहरि स्थित खानेपानीको ट्यांकीमा आइतबार भेटिएको महिलाको शवको सनाखत भएको छ ।
पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षिया शान्ति श्रेष्ठको शव भएको पक्ता लागेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । शन्तिको छोरा गणेश श्रेष्ठले सव बुझेको उहाँले जानकारी दिनुभयो । गत फागनु २३ गते देखि हराउनु भएकी श्रेष्ठ फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कास्की खोजी गर्नको लागि चैत ६ गते निवेदन दिएको शर्माले बताउनुभयो ।
तीन दिन अघि उपभोक्ताले पानीमा गन्ध आएको भनि बताएपछि आइृतबार पानी वितरण हुने ट्याक्टकीमा गई हेर्दा महिलाको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा शङ्कास्पद रहेको र घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । सो खानेपानी आयोजनाबाट एक सय ३८ घरधुरीलाई पानी वितरण गरिएको थियो । दुषित पानीले गर्दा उपभोक्ताहरुलाई झाडापखला लागेको छ ।