ऋषिङको पर्यटन प्रबद्र्धन गर्न म्याराथन

तनहुँ, १२ पुस

कोरोनालाई मान्छेले मिच्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परिक्षणदर पनि घटेको हो । कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् । तैपनि पर्यटकको मन पहिलाको जस्तो घुमफिरमा खुलेको छैन् । कोरोनाको प्रभावले भर्खर भर्खर पर्यटनमा बामे सार्दै गरेका क्षेत्र त शिथिल अवस्थामा छ ।

कोरोनाको महामारीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन जिल्लाको ऋषिङ गाउँपालिकाले पहिलो पटक ऋषिङ म्याराथनको आयोजना गरेको छ । पुस २७ गते गाउँपालिकामा रहेका पर्यटकिय गन्तव्यको प्रर्बद्धन गर्न म्याराथन हुने गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । उनका अनुसार ऋषिङ इतिहास बोेकेको थलो हो । ‘सम्भावना बोकेका धेरै गन्तवय आझेलमा परेको छन्’, उनले भने, ‘खेलकुदको माध्यमबाट तीन गन्तव्यको प्रबद्र्धनमा जुटेका छौँ ।’

अध्यक्ष श्रेष्ठका अनुसार खुला, स्थानीय र महिला गरी तीन विधामा दौड हुनेछ । खुलातर्फ ४० किलोमिटर दूरीमा धावकहरु दौडनेछन् । ऋषिङ गाउँपालिका–८ मा पर्ने ऐतिहासिक थलो ऋषिङ्गे राजाको दरबार रहेको गढीडाँडाबाट शुरु हुने दौड ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख गाउँपालिकाको कार्यालय हुँदै ऋषिङ–३ को दुबुङ भ्यूवटावरमा पुगेर अन्त्य हुनेछ ।

यो विधामा प्रथम हुने धावकले नगद ६५ हजार रुपैयाँ, दोस्रो हुनेले ४० हजार रुपैयाँ र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सान्त्वना हुने ३ जनालाई १० हजार रुपैयाँका दरले पुरस्कार दिईने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

स्थानीय दौड ऋषिङ गाउँपालिका–८ मा रहेको ऐतिहासिक स्थल गढीकोटबाट ऋषिङ गाउँपालिका–६ मा रहेको ज्यामिरे माई मन्दिरसम्म १० किलोमिटरको दुरीमा हुनेछ । यो दुरीको दौडमा प्रथम हुने धावकले नगद १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिला दौड ४ किलोमिटर दुरीमा हुनेछ । ऋषिङ –८ गढीकोटदेखि ऋषिङ –७ मा रहेको दुर्गा भवानीको मन्दिरसम्म महिला धावक दौडनेछन् । यो विधामा प्रथम हुनेले नगद १० हजार रुपैयाँ, दोस्रोले ८ हजार रुपैयाँ, तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button