कारागारमै कैदीबन्दीको क्षयरोग परीक्षण

दमौली खबर
तनहँु कारागारका कैदी बन्दीहरुलाई लक्षित गरी शनिबार सक्रिय क्षयरोग खोजपडइ्ताल शिविर सम्पन्न गरिएको छ । शिविरमा कारागार भित्र रहेका दुई सय ६६ जना कैदी बन्दीहरुको खकार परिक्षण गरिएको छ । जोखिम पुर्ण क्षेत्रमा गरिने कार्यक्रम अन्तर्गत व्यास नगरपालिकाको आयोजना शिविर संचालन गरिएको हो । क्षयरोग नेपालमा एउटा प्रमुख जनस्वास्थ्य समस्या भएको र समयमै पहिचान भई पूर्णतया औषधी सेवन गरेमा निको हुने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनले भने,‘ सक्रिय क्षयरोग खोजपडइ्ताल शिविर मार्फत्रु कारागारमा रहेका कैदीबन्दीको खकार सङ्कलन गरेर परीक्षणको व्यवस्था मिलाएका छौ, केही दिनभित्रै रिपोर्ट आउँछ’ । सङ्कलित खकार दमौली अस्पताल र जजुरे स्वास्थ्यचौकीमा परीक्षणका लागि पठाईएको छ ।

२ हप्ताभन्दा बढी लगातार खोकी, साँझपख प्रायः जसो ज्वरो आउनु, शरीरमा पसिना खलखली आउनु, तौल घट्दै जानु, शरीरमा स्फूर्ति कम हुनु, आलश्यपन उत्पन्न हुनु, शरीर दुख्ने, खकारमा कहिलेकाहीँ रगत देखा पर्नु आदि रोगका लक्षण हुन । पखाला लाग्नु, वान्ता आउनु, शरीर चिलाउनु पनि यस रोगका लक्षण हुन सक्छन् । उक्त शिविरमा स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङ, नर्सिङ निरीक्षक कल्पना दाहाल, ल्याव टेक्निसियन पवित्रा पौडेल, प्रमिला गुरुङ, उज्वल न्यौपाने, खुशीराम क्षेत्री लगायत खटिएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button