उपनिर्वाचनमा छ जना उम्मेदवारको जमानत जफत

दमौली खबर संवाददाता

तनहुँ, वैशाख १४ गते

तनहुँ–१ प्रतिनिधिसभा सदस्य उपविर्नाचनमा उम्मेदवार बनेका छ जनाको जमानत जफत भएको छ ।

कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम उम्मेदवारको धरौटी जफत भएको हो । प्रतिनिधि सभा ऐन २०७४ अनुसार उम्मेदवारी दिएका नौ जनामध्ये छ जनाले ऐनमा उल्लेख भए अनुसार मत प्राप्त गर्न नसक्दा उनीहरुको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

निर्वाचनमा ६५ हजार ३१६ मत खसेकोको ६४ हजार १३५ मत सदर भएको थियो । जसमध्ये रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनु भएको भने निकतम प्रस्तिपर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नु भएको थियो । यि तीन उम्मेदवार बाहेक अन्य सबै उम्मेदवारले १० प्रतिशत मत कटाउन नसकेको निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।

ढकालका अनुसार राप्रपाको शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मंगोल अर्गनाईजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गर्नु भएको थियो । उहाँहरु सबैको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस तथा नेकपा एमालेको मात्रै जमानत जफत नभएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button