जीपी कोइरालामा उपचार गरेर फर्केकी गर्भवती महिलाको मृत्यू

दमौली खबर संवाददाता
चैत १४ दमौली
पेट दुखेर उपचारको लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको लागि जानुभएकी  भिमाद नगरपालिका–९ की ३४ बर्षीय थमन कुमारी आलेको मृत्यु भएको छ ।
बिहिबार साँझ अस्पताल पुगेकी आलेलाई ग्याष्टीक भएको भन्दै सुई लगाएर फर्काइएको थियो । तीन महिनाको गर्भवति समेत रहनुभएकी आलेकोे घर फर्के लगत्तै राती पुन ः स्वास्थ्यमा समस्या आएपछि पोखरा लैजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो ।

अस्पतालको चरम लापरवाही भएका कारण महिलाको ज्यान गएको भिमाद नगरपालिका ९ का वडाध्यक्ष इमान बहादुर थापाले बताउनुभयो । मृतक महिला नाताले वडाध्यक्ष थापाको भाइ बुहारी हुन् । देशमा लकडाउनको समय भएकोले अहिले कुनै बिरोधको कार्य नगरी सजह परिििस्थ्त भएपछि यस्ता घट्ना आउँदा दिनमा नदोहोरियोस भनि अस्पताल प्रशासनमा छलफल गर्ने गरी शव दाहसंस्कारको लागि तयारी गरिरहेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

उपचारको लागि महिला बिहीबार करिब ४ बजेको समयमा पेट दुखेर आएपछि उनको ज्वरो, प्रेसर, पिसाब परीक्षण गर्दा अवस्था सामान्य रहेपछि ग्याष्टीकको औषधी चलाएको केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले बताउनुभयो । उक्त औषधी चलाएपछि महिलालाई पेट दुख्न निको भएपछि डिस्चार्ज गरिएको हो । उहाँले भन्नुभयो ‘पुन ः पेट दुखेमा अस्पताल आउन भनि पठाएका थियौ ।’
महिलालाई राती दुखाई बढि भएपछि उपचारको लागि आफन्तहरुले पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भएको भन्ने जानकारी शुक्रबार बिहान आफुले पाएको उहाँले बताउनुभयो ।

अस्पतालमा यस्ता घटनाहरु बारम्बार दोहोरिदाँ समेत अस्पताल संबेदनशील बन्न नसकेको सर्वसाधारणहरुले आरोप लगाउँदै आएका छन् । करिब एक महिना अघि निर्माणाधिन दुईतल्ला घरको छतबाट काम गर्ने क्रममा खस्नुभएका भिमाद नगरपालिका– ८ का पूर्णचन्द्र कुँवरले अस्पतालले उपचारमा चरम लापरवाही गर्ने गरेको बताउनुभयो । उक्त अस्पतालमा उपचारको क्रममा रहँदा आफुलाई केहि भएको छैन भनि घर पठाएको थियो । कुँवरले भन्नुभयो ‘असह्य दुखाई भएपछि पोखरा स्थित एक अस्पतालमा उपचारका लागि पुगेका थापाले करङका तीन हड्डी भाँचिएका रिपोर्ट पाएपछि बल्ल जिपी अस्पतालमा चरम लापरवाही भएको थाहा पाउनुभएको थिए ।’

गत असार महिनामा शुक्लागण्डकी नगरपालिका–७ का बलबहादुर बिक सवारी दुर्घटनामा परेपछि तत्काल उद्धार गरेर तनहुँको बेलचौतारामा स्थित जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचारका लागि लगिएपनि उपचार नपाएर उनले ज्यान गुमाउन परेको थियो । टिकट काट्ने समेत पैसा नभएको भन्दै अस्पतालले उपचार गर्न नमानेपछि उहाँले अकालमा ज्यान गुमाउनु परेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button