पत्रकार महासघको आज १३ औ साधारण सभा

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको १२औं साधारण सभा आज हुने भएको छ । सभाको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले गर्ने भएका छ्न । सभामा महासघका केन्द्रिय महासचिव रमेश बिष्टको पनि बिशिस्ट अतिथीमा उपस्थिती रहने महासघका अध्यक्ष ओमकार आर्चायले जानकारी दिए । सभा व्यास ४ मा रहेको निम्तो पाटी प्यालेसमा हुने भएको छ ।

कार्यक्रममा पत्रकारिताका क्षेत्रको विकासमा विशिष्ट योगदान दिएको भन्दै शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार सहित सम्मान पनि गरिने भएको छ । महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पुरस्कार, टिकानिधी ढुङ्गाना पुरस्कार र भर्लेली केबलबहादुर स्मृति पुरस्कार पूर्व अध्यक्षहरुले पाउने भएका छन । सुरज गुरुङ स्मृति पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बर बहादुर अधिकारीले पाउने भएका छन ।

उक्त पुरस्कारको राशी रु पाँच हजार रुपैयाँ छ । टिकानिधी ढुङ्गाना पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेले पाउने भएका छन । उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । यसैगरी १० हजार राशीकै भर्लेली केबलबहादुर स्मृति पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button