अभिनेता पल शाहको मुद्धाको पेसी भदौ ८ र १५ गते तोकियो

अमरराज नहर्की÷तनहुँ समाचारदाता
तनहुँ, भदौ ७ गते । अभिनेता पूर्णविक्रम उर्फ पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्धाको पेसी भदौको  ८ र १५ गतेको लागि तोकिएको छ । नवलपुर जिल्ला अदालतमा  ८ र तनहुँ जिल्ला अदालतमा १५ गते लागि पेशी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो  ।
 बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा हुनुहुन्छ । प्रमाण बुझ्नको लागि बुधबार पेसी तोकिएको शाहको पक्षबाट वकालत गर्नु भएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो । नवलपुरमा घटना विवरणका मानिसहरुसँग बुझ्न बाँकी रहेकोले पेसी तोकिएको अधिवक्ता वाग्लेले बताउनुभयो । जाहेरीवाला, साक्षीहरु, पीडित भनिएको लगायत घटना विवरणसँग सम्बन्धित मानिसहरुसँग बुझ्ने काम हुने उहाँले जानकारी दिनुभयो । तनहुँ अदालतमा भने यि सबै काम पुरा भईसकेको वरिष्ठ अधिवक्ता वाग्लेले बताउनुभयो । तनहुँ अदालतले भने अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने वाग्लेले बताउनुभयो ।
 गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो । शाहका विरुद्ध नवलपुरमासमेत अर्को जाहेरी परेको थियो । उक्त अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुग्नु भएको थियो । पहिले बलात्कार गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलत्कार हैन भनि बयान फेरेकाले यो मुद्धालाई चासोका साथ हेरिएको छ ।
शाहलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने भदौ १५ गते फैसला आउन सक्ने बताइएको छ ।  शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न चैत १८ गते र वैशाख १३ गते उच्च अदालत पोखरा जानु भएको थियो । बलात्कारका मुद्दामा अभियुक्त बनाइएका पल शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्नु भएको छ । तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको थुनामै पठाउने आदेशविरुद्ध शाहले गत उच्च अदालत पोखरामा निवेदन दर्ता गराउनु भएको थियो  ।  उच्च अदालत पोखराले थुनामै राख्न आदेश दिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button