पुलचोकबासीको उदाहरणीय काम

थोरै रकमको लागि पनि सरकारको मुख ताक्ने धेरै नेपालीको बानी छ । सरकारसँग सिमित स्रोत र साधन हुने र माग अत्याधिक हुने हुँदा बजेट पु¥याउन कठिन हुन्छ । लागत सहभागितामा गरियो भने विकासमा छिटो फड्को मार्न सकिन्छ । जन सहभागितामा हुने काममा भ्रष्ट्राचार पनि कम हुने सम्भावना हुन्छ । किनकी जनता स्वएम् पसिना बगाउने र लगानी पनि गर्ने भएकोले त्यसको माया धेरै हुन्छ । लागत सहभागितामा हुने योजना राम्रो हो अझै सरकारको मुखै नताकी आफै सक्रिय भएर काम गर्नु झनै राम्रो हो । चन्दा संकलन गरेर तनहुँको व्यास नगरपालिका–२ स्थित अमरापुरी, पुलचोकमा इशानेश्वर शिव मन्दिर निर्माण गरेका त्यहाँका बासिन्दाले राम्रो काम गरेका छन् ।

स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता इशानेश्वर शिव मन्दिर निर्माण गरिएको हो । मन्दिरमा नाग र शिवको मूर्ति राखिएको छ । अमरापुरी पुलचोक टोलविकास सस्थाको नेतृत्वमा इशानेश्वर महादेव मन्दिर व्यवस्थापन समिति गठन गरी मन्दिर निर्माण गरिएको शनिबार महाशिवरात्रीमा उद्घाटन समेत गरिएको छ । टोलमा आध्यामिक सन्देश दिन तथा सुन्दरताको मन्दिर स्थापना गरिएको बताईएको छ । समाजमा आध्यामिक चेतनाको कमी हुँदा हत्या, हिंसा र आतंक बढीरहेको छ । यस्ता मन्दिर निर्माणले धार्मिक एकतामा समाजलाई बाध्न मद्धत पुग्दछ । सो टोलका बासिन्दाले स्थानीय स्तरमा आय आर्जनको लागि सीप मुलक तालिम प्रदान गर्ने तथा उद्योग सञ्चालनको लागि पहल गर्नु पर्दछ । यसो गर्न सके सुनमा सुगन्ध हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button