प्रथम मुख्यमन्त्री भलिबल कप अभावमै खेल्दा पनि तनहँु च्याम्पियन

पोखरामा भएको प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फको प्रतियोगिता तनहुँले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा स्याङ्जालाई ३–२ को सेटमा हराउँदै तनहुँले उपाधि जितेको हो । फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । स्याङ्जाले पहिलो सेटमा तनहँुलाई २३–२५ को सेटमा हराएको थियो । दोस्रो र तेस्रो सेटमा तनहँुले २५–१७ र २५–२० को जित निकाल्न सक्यो ।

चौंथो सेटमा भने तनहँु २५–१७ ले पराजित भयो । अन्तिम सेटमा तनहँुले १५–११ को जित निकाल्दै उपाधि उचाल्यो । महिलातर्फको उपाधि भने म्याग्दीले जितेको छ । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही र कमला पुन सहभागि म्याग्दीले पर्वतलाई फाइनलमा ३–० को सोझो सेटमा हरायो । तनहँुको महिला टिम भने तृतिय भएको छ । विजेता भएका तनहुँ र म्याग्दीले नगद २÷२ लाख प्राप्त गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन मगर लगायतले पुरस्कार वितरण गरे । उपविजेता बनेका स्याङ्जा र पर्वतले नगद १ लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा ९ टोलीको सहभागिता थियो । बजेट शुन्य रहेको अवस्थामा पनि आवश्यक तयारी पूरा गरि विजेता हासिल गर्न पाएको भलिबल संघ तनहँुका सचिव एवंम् उक्त टिमका कोच अशोक गिरीले बताए ।

उनले भने,‘बजेट शुन्य रहेको अवस्थामा पनि अध्यक्ष र सचिवको सक्रियतामा खेलाडीलाई हौसला प्रदान गर्न आवश्यक खेलकुद सामग्री सहित तयारी गरेका थियौं । त्यसको मेहेनेत देखिएको छ । अब सरोकारवालाहरुले पनि समयमा नै ध्यान दिन आवश्यक छ । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button