प्रर्यटन प्रवद्धन गर्न व्यास गुफामा रोट¥याक्ट क्लब अफ दमौलीद्धारा ढुङ्गेधारा दमौली, चैत्र ४ गते

दमौली खबर संवाददाता

हिजोआज मासिदै जान थालेको सार्वजनिक धारा र कुवा संरक्षण गर्न तथा पर्यटक लोभ्याउन दमौलीका युवाहरु ढुङ्गेधारा निर्माण गरेका छन् । रोट¥याक्ट क्लब अफ दमौलीमा आबद्ध युवाहरुले सार्वजानिक कलात्मक ढुङ्गेधारा निर्माण गरेका हुन् । पुरातात्विक तथा धार्मिक महत्व रहेको दमौली स्थित व्यास गुफा अगाडी तथा पवित्र मादी र सेतीनदीको सङ्गस्थल जानेबाटोमा क्बलले धारा निर्माण गरेको छ । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देखिएको बेला क्लबले धारा निर्माण गरेपछि सबैले प्रशंसा गरेका छन् ।

नव निर्मित धाराको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेलले शनिबार उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले रोट¥याक्टमा आबद्ध युवाहरुले धार्मिक तथा परोपकारको क्षेत्रमा काम गरेर गरेर प्रशंसा कमाएको बताउनुभयो । साथै नगर प्रमुख न्यौपानेले क्लबले घाटको सरसफाई गर्ने जस्ता कार्य गरेर यस्ता परोपकारी कामलाई निरन्तर दिनुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट, व्यास नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष अनुप राना, व्यास क्षेत्र संरक्षण समितिका प्रमुख संरक्षक काशीराम न्यौपाने, रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठ, इनरह्विल क्लब अफ दमौलीको पूर्व अध्यक्ष सरु श्रेष्ठ, महिला उद्यमी सङ्घ नेपाल तनहुँको अध्यक्ष निर्मला मल्ल, रोट¥याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउत, लगायतले ढुङ्गेधारामा सेल्फी खिच्ने, टिकटक बनाउने जस्ता कार्यले व्यास भूमीको प्रचारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै वक्ताहरुले निर्माण भएको कुराई जोगाई राख्न जरुरी हुने भएकोले युवाहरु संरक्षणमा पनि ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

तनहुँको धार्मिक तथा मानिसको चहलपहल हुने स्थानमा सार्वजनिक धाराहरू अलपत्र अवस्थामा रहेका छन् । विशेष गरी सहरी क्षेत्रमा प्यास लाग्यो भने पानी किनेर खानुको विकल्प छैन । सार्वजनिक धारा छैन बोतललाई २५ रुपियाँ तिरेर खानुपर्ने बाध्यता छ । पहिला जताततै सार्वजनिक धारा र कुवा हुन्थे अहिले र औँलाले गन्न सकिने मात्रै पाइने गरेकोले ढुङ्गेधारा निर्माण गरिएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताउनुभयो ।

पहिला थुप्रै भए पनि दमौली बजारमा सार्वजनिक धाराको कमि भएको र पर्यटन प्रवद्र्धनको लागि ढुङ्गेधारा निर्माण गरिएको क्लबले जनाएको छ । हाम्रो इतिहास, सम्पदा तथा संस्कृति नामेट वा ध्वस्त पार्नुहुँदैन र पानी खुवाउँदा धर्म प्राप्त हुने विश्वासको जर्गेना गर्न धारा निर्माण गरिएको क्लबका सचिव किरण श्रेष्ठले बताउनुभयो । धारा व्यास नगरपालिकाको दुई लाख, रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को एक लाख तथा विभिन्न व्यक्तिहरुको सहयोगमा करीव ५ लाख रुपियाँको लागतमा निर्माण गरिएको निर्माण समितिका संयोजक मदन तिमिल्सेनाले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
  • All
    गीत
Back to top button