जन्म दिनमा वृद्धाश्रमलाई सहयोग

होटल तथा रेष्टुरेन्टहरुमा तामझामका साथ मनाइने जन्म दिन आजभोलि वृद्धाश्रम, अनाथाश्रमहरुमा मनाउने चलन पनि छ। यसरी मनाउनेमा युवाहरु पनि छन्। यसैबीच शनिबार व्यास ४ की सन्जु घलेले व्यास ५ स्थित चापाघाटमा रहेको वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धाहरुसँग आफ्नो जन्मदिन मनाएकी छन् । उनले आश्रममा रहेका ६ जना बुबाआमालाई केक खुवाएर आशिर्वाद लिइन्। बेसहारा भएर वृद्धाश्रममा बसेकाहरुले खुसी भएर घलेलाई आशिर्वाद दिएका थिए।

घलेले बुबाआमालाई केही दिनलाई पुग्ने खाद्यान्न सहित नगद तीन हजार पनि पनि सहयोग गरेको आश्रम सञ्चालक समितिकी कार्यवाहक अध्यक्ष सकुन्तला आले बताइन् ।यसैबीच रोट¥याक्ट क्लब अफ वेदव्यास क्लब पनि गठन गरिएको छ । दमौलीमा रहेका क्रियाशिल महिलाहरुको मात्र समुह मिलि उक्त क्लब गठन गरिएको हो । क्लबको संस्थापक अध्यक्षमा घले रहेकी छिन् ।

त्यस्तै क्लबमा आकृति पुडासैनी,स्वीकृति पुडासैनी,मुना गुरुङ,शोभाना गुरुङ,बिबिशा पौडेल,सिना गैहे्र, आसृत श्रेष्ठ, सिर्जित पुन,अबिक्षा खड्का,एलिसा परियार, अर्चना परियार र सरु गुरुङ रहेका छन् । क्लबको नाम पनि आश्रमकै राखिएको हुनाले आश्रम बाटै सामाजिक कार्यको सुरुवात गरिएको अध्यक्ष घलेले बताईन् । उनले भनिन्, “समाजिक कार्यको लागि क्लब गठन गरिएको छ । महिलाहरुको लागि मात्र क्लब गठन गरिएको हो । ” समाजमा रहेको विकृतिहरुलाई विस्थापित गदै महिलाहरुलाई अग्रसर गर्ने मुल उद्देश्य क्लबको रहेको उनले बताईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button