गाँउ सेवा कोषमा थप अक्षयकोषको स्थापना

फागुन ३०

सामाजिक व्यक्तित्व अमरसिंह गुरुङका भानु घाँसी गाउँ सेवा सम्मानबाट प्राप्त गरेको नगद ११ हजारमा थप गरेर अक्षयकोष स्थापना गरेका छन् । गाउँ सेवा कोषले सम्मान गरेकै दिन गुरुङले सम्मान स्वरुप गुरुङलाई प्राप्त भएको नगद ११ हजारमा उनका पुत्र प्रेम सिह गुरुङले दश हजार ५० थप गरेर २१ हजार ५० रुपैयाँ बरावरको अक्षयकोष स्थापना गरेको गाउँ सेवा कोष जिल्ला कार्य समिति तनहुँका कार्यवहाक अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिए ।

संस्थाले सम्मान गरेको र गाउँ सेवा कोषमा नै गरिव दुखि जेहन्दार विद्यार्थीलाई पुरस्कार स्वरुप यमनका धनी गुरुङ उक्त रकम गरीब तथा जेहेन्दार विद्यार्थीका लागि सहयोग प्रदान गर्न भन्दै पुनः गाउँ कोषलाई नै हस्तान्तरण गरिएको थियो । लामो समय सामाजिक क्षेत्रमा सक्रिय हुन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति हुने गरेको गुरुङ बताउन्छन् ।

गुरुङ जीवनको अन्तिम क्षण सम्म पनि सामाजिक क्षेत्रमा सक्रिय रहने समेत बताउँछन् । ग्रामीण बसेर पनि सामाजिक क्षेत्रमा गुरुङले पुरयाउँदै आएको योगदान अत्यन्त सह्रानीय भएको गाउँ सेवा कोष जिल्ला कार्य समिति तनहुँका कार्यवाहक अध्यक्ष ताराप्रसाद श्रेष्ठको भनाई छ । गत शुक्रवार गाउँ सेवा कोषले भानु नगरपालिका– ७ बसन्तपुर निवासी गुरुङलाई भानु घाँसी सम्मानबाट पुरस्कृत गरेको थियो । गुरुङले गाउँमा विद्यालय भवन निर्माण, पुस्तकालय स्थापना, विद्यार्थीलाई आवतजावत गर्न लागि सवारीको व्यवस्था मिलाएको भन्दै नगद सहित कोषले सम्मान गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button