तनहुँमा छ मतदान स्थल थप्न सिफारिस

तनहुँमा  छ वटा मतदान स्थल थप्न सिफारिस गरिएको छ । मंसिर ४ गते हुने आसन्न सङ्घ तथा प्रदेश सभा निर्वाचनको लागि थप गर्न सिफारिस गरिएको हो चार वटा पालिकामा सो सङख््यामा थप्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
          बन्दीपुर गाउँपालिकामा एक, व्यास नगरपालिकामा दुई, शुक्लागण्डकी नगरपालिकामा दुई र आँबुखैरेनी गाउँपालिकामा एक मतदानस्थल थप गर्नका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार बन्दिपुर गाउँपालिका–६ स्थित साराङघाट कृषि सेवा केन्द्रमा मतदानस्थल थप्न सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा स्थानीय तहको सिफारिसअनुसारका पाँच सय दश मतदाता कायम गरिएको छ । व्यास नगरपालिका–५ चिन्तुटारस्थित शुक्र आधारभूत विद्यालयमा मतदानस्थल गर्न सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा जनजुक्त शाही मावि नेपालटारबाट स्थानीय तहको सिफारिस अनुसार पाँच सय आठ मतदाता कायम गरिएको छ । व्यास नगरपालिका–१० दुम्सीबजारस्थित शिव माध्यमिक विद्यालयमा मतदानस्थल थप्न सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा स्थानीय तहको सिफारिसअनुसारका चण्डीदेवी राष्ट्रिय मावि कुमालटारीबाट चार सय ६३ र भानु मावि दुम्सीचौरबाट तीन सय ३२ गरी सात सय ९५ मतदाता कायम गरिएको छ । शुक्लागण्डकी नगरपालिका–२ स्थित शिला आधारभूत विद्यालय हलेदीमा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । उक्त स्थलमा साविक हंशबाहिनी मावि एक्लेखेतमा मतदान गर्ने मध्ये सात सय तीन जना मतदाता कायम गरिएको छ । शुक्लागण्डकी नगरपालिका–३ कवासेस्थित शहीद कृष्ण माविमा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । उक्त स्थलमा साविक निर्मल आधारभूत विद्यालय बनकेवामा मतदान गर्ने मतदातामध्ये स्थानीय तहको सिफारिसअनुसार एक हजार ५५ मतदात कायम गरिएको छ ।
        आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी माध्यमिक विद्यालयमा मतदानस्थल थप गर्नका लागि सिफारिस गरिएको छ । यसैगरी जिल्लाका विभिन्न ठाउँमा रहेका सात मतदानस्थलको नाम परिवर्तन र सात मतदानस्थलको स्थान परिवर्तनका लागि सिफारिस भएको छ । देवघाट गाउँपालिका–१ स्थित गाविस भवन मतदान स्थललाई पार्वती मावि कोटामा स्थान परिवर्तन गरिएको छ । देवघाट–२ स्थित सिद्ध आधारभूत विद्यालय कोटवैदी मतदानस्थललाई सर्वोदय आधारभूत विद्यालय ब्यागनमा स्थान परिवर्तन गरिएको छ । देवघाट–२ स्थित कमला आधारभूत विद्यालय सानुभञ्ज्याङलाई कालीगङ्गा मावि बैदीमा स्थान परिवर्तन गरिएको छ भने देवघाट–३ गाविस भवन लुङ्ग्रीन मतदानस्थलको नाम परिवर्तन गरी ३ नम्बर वडा कार्यालय भवन राख्न सिफारिस भएको छ । बन्दिपुर गाउँपालिका–६ गाविस भवन धरमपानीलाई अरुण मावि हटियाबजारमा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । उक्त मतदानस्थलमा साराङघाट मतदानस्थलमा मतदान गर्ने ५१० मतदाताबाहेक साविकस्थलका सबै मतदाता कायम गर्न निर्वाचन आयोग समक्ष सिफारिस भएको छ । यसैगरी व्यास–८ स्थित गाविस भवन फेदी मतदानस्थलको नाम परिवर्तन गरी ८ नम्बर वडा कार्यालय रिस्तीफेदी मतदानस्थल राख्न सिफारिस गरिएको छ ।
         व्यास–९ स्थित नारायणचौर आधारभूत विद्यालय चण्डीथानको नाम परिवर्तन गरी नारायणचौर सामुदायिक भवन चण्डीथान राख्न सिफारिस गरिएको छ । शुक्लागण्डकी–१२ त्रिभुवन आधारभूत विद्यालय जसपुरलाई अमरज्योति आधारभूत विद्यालय रातमाटामा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । भिमाद नगरपालिका–४ गाविस भवन तुरतुरेलाई अमरज्योति आधारभूत विद्यालय रातमाटामा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । भिमाद–७ पोखरीछाप आधारभूत विद्यालय पोखरीछापलाई ७ नम्बर वडा कार्यालय पोखरीछाप नाम परिवर्तन गर्न सिफारिस गरिएको छ । भिमाद–९ स्थित हिमालय आधारभूत विद्यालय च्यानडाँडालाई भिमाद सामुदायिक भवन च्यानडाँडामा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । आँबुखैरेनी–६ गाविस भवन हिलेखर्कलाई कन्यादेवी मावि हिलेखर्कमा स्थान परिवर्तनका लागि सिफारिस गरिएको छ । ऋषिङ–७ गाविस भवन अर्खलछापलाई ७ नम्बर वडा कार्यालय भवन अर्खलछाप र ऋषिङ–८ गाविस भवन पल्ट्याङलाई ८ नम्बर वडा कार्यालय पल्ट्ङयाङ नाम परिवर्तन गर्न सिफारिस गरिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँमा १३६ मतदानस्थल र दुई सय ९७ मतदान केन्द्र कायम भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button